दुखद खबर: चट्याङ लागेर एक जनाको घ’टनास्थलमै मृ’त्यु, ८ जना घा’इते


रुकुम, रुकुम पश्चिममा चट्याङ लागेर एकजनाको मृ’त्यु भएको छ । रोल्पा गंगादेव गाउँपालिका वडा नम्बर ४ घर भई बुढा मावली त्रिवेणी गाउँपालिका वडा नम्बर ४ दम्दुका गंगाराम खड्काको घरमा आएकी १३ वर्षीया बालिका निर्मला खत्रीको बुधबार साँझ चट्याङ लागेर मृ’त्यु भएको हो ।खत्रीको घ’टनास्थलमै मृ’त्यु हुनुका साथै अन्य ८ जना घा’इते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगवहादुर केसीले जानकारी दिए। उनका अनुसार त्रिवेणी ४ का खड्का र प्रकाश बिकको घरमा बुधबार साँझ अन्दाजी साढे ६ बजेको समयमा च’ट्याङ परेको हो ।

चट्याङ लागेर घा’इते हुनेमा बिककी श्रीमती २० वर्षीया अनिता, ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया शुसिला खड्का, २२ वर्षीया पवित्रा खड्का, ५० वर्षीया धनमाया खड्का, ४ वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्का रहेका डिएसपी केसीले बताए। घा’इते मध्ये अनिता विक ग’र्भवती रहेको र उनको अवस्था ग’म्भीर रहेकोले जिल्ला अस्पताल हुँदै थप उपचारका लागि नेपागञ्ज पठाइएको प्रहरीले जनाएको छ ।अन्य घा’इतेहरु भने स्थानीय स्वास्थ्य चौ’की खुम्चेरीमा उपचारपछि घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published.

Back to top button