पूर्वका अग्रज तथा वरिष्ठ साहित्यकार उपेन्द्र बस्नेतको निधन


इनरुवा, १९ चैत । पूर्वका अग्रज तथा वरिष्ठ साहित्यकार प्राज्ञ उपेन्द्र बस्नेत पागलको निधन भएको छ ।

केहि समय यता बिरामी भई थलिएका पागलको इनरुवा ६ स्थित निजी निवासमा आज दिउँसो निधन भएको हो । पागलको ७८ वर्षको उमेरमा निधन भएको हो । पागल दम, निमोनियासँगै स्वासप्रस्वासको समस्याका कारण थलिनु भएको थियो ।

पागल इनरुवा प्रज्ञा प्रतिष्ठानको संयोजक समेत हुनुहुन्थ्यो । पागललाई इनरुवामा नागरिक अभिनन्दन समेत गरिएको थियो । पागल चित्रकार, गीतकार, निबन्धकार, समालोचक, कथाकार समेतको छवी बनाएका व्यक्ति हुनुहुन्छ ।

पागलका दजनौं बढी कृतिहरु प्रकाशित छन् । पछिल्लो पटक उहाँको उराँव जातिको सांस्कृतिक अध्ययन नामक पुस्तक प्रकाशनको तयारीमा थियो । पागलका श्रीमती र ६ जना छोरीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button