आज एकैदिन १४ सयले घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं।

साता कारोबारको पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार छापावाला सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ४ सयले घटेर प्रति तोला ९४ हजार ६ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९४ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यता चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ।आज चाँदीको मूल्य १० रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रति तोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो।

यो पनि, हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने भएको छ । दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

सिभिल बैंक स्रोतका अनुसार हिमालयनले प्रति सेयर ८१ रुपैयाँका दर पाउने भएको छ । इन्भेस्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ । राष्ट्र बैंकले हिमालयनलाई एक वर्षको समय दिँदै अर्को वाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो ।

मर्जरका लागि भएको प्रारम्भिक सहमतिअनुसार नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने छैनन् । प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका अशोक राणाले नै निरन्तरता पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button