कनिकाको दोस्रो परीक्षणमा पनि देखियो कोरोना


एजेन्सी- बलिउड चर्चित गायिका कनिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । पहिलो पटकको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएपछि उनलाई आइसोलेसनमा राखिएको थयो ।

पुनः केही दिनपछि दोस्रो पटकको कोरोना परीक्षणमा पनि रिपोर्ट पोजेटिभ देखिएको हो । यसअघि गत साता उनको स्वास्थ्य परीक्षण गर्दा पनि उनमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो।

कनिकामा पहिलो पटक कोरोनाको संक्रमण भएको पाइएपछि उनलाई भारतको उत्तर प्रदेशस्थ्ति संजय गान्धी पोष्ट ग्रयाजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्स अस्पतालको आइसोलेसनमा राखिएको थियो।

अहिले पनि उनी सोहो अस्पतालमा उपचाररत छन्। कनिकाको लापरवाही गरेको भन्दै उत्तर प्रदेशमा उनीविरुद्ध उजुरी समेत परेको छ। उनले कहाँ कहाँ भ्रमण गरेकी थिइन भन्ने बारे नखुलाएको समेत उनीमाथि आरोप लागेको छ । उनका कारण अरुमा पनि कोरोनाको संक्रमण फैलिन खतरा बढेको जनाइएको छ । Source:Khabarhub

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close