संसारकै कमजोर राहदानीको सूचीमा नेपाली राहदानी, उत्तर कोरियाको भन्दा पनि कमजोर

काठमाडौं। नेपालको राहदानी विश्वकै कमजोर राहदानीको सूचीमा परेको छ। यति कमजोर कि अन्तर्राष्ट्रिय समुदायले कडा प्रतिबन्ध लगाएको उत्तर कोरियाको भन्दा कमजोर नेपालको पासपोर्ट रहेको छ।हेन्ली एन्ड पार्टनर्सलाई उदृतगर्दै सीएनएनले दिएको जानकारी अनुसार नेपालको राहदानीले विश्वका ३७ देशमा जान पाइन्छ भने उत्तर कोरियाको राहदानीले ३९ देश घुम्न जान सकिन्छ।

बेलायतस्थित विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पार्टनर्सले हालै सार्वजनिक गरेको शक्तिशाली र कमजोर पासपोर्टको सूचीमा नेपाली राहदानी कमजोर सूचीमा परेको हो।अनुसार नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा पारेको हो।

सूचीको पहिलो स्थानमा जापान र सिंगापुर छन् । यी दुई मुलुकको पासपोर्ट विश्वकै बलियो भएको जनाइएको छ । जर्मनी र दक्षिण कोरिया दोस्रो स्थानमा छन् । फिनाल्यान्ड, इटाली, लक्जेम्बर्ग र स्पेन तेस्रो स्थानमा छन् ।

अमेरिका छैटौं स्थानमा छ । भारत पहिलेभन्दा स्थानमा सुधार गर्दै ८३ औं स्थानमा छ । भारतले ६० मुलुकमा अनअराइभल भिसा पाउँछ । दक्षिण एसियामा माल्दिभ्स सबैभन्दा शक्तिशाली देखिएको छ जसले ३७ मुलुकमा अनअराइभल भिसा पाउँछ । बंगलादेशको पासपोर्टले ४१ देश, श्रीलंकाको पासपोर्टले ४२ देश, भुटानको राहदानी बोक्नेले ५३ मुलुकमा अनअराइभल भिसा पाउँछन् । हेर्नूस टपटेन सूची :

यी हुन् शक्तिशाली राहदानी
जापान र सिंगापुर- १९२
जर्मनी र दक्षिण कोरिया- १९०
फिनल्याण्ड, इटाली, लक्जेम्बर्क र स्पेन – १८९
अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड, स्वीडेन – १८८
आयरल्याण्ड, पोर्चुगल- १८७
बेल्जियम, न्यूजिल्याण्ड, नर्वे, स्वीटजरल्याण्ड, बेलायत, अमेरिका-१८६
पोल्याण्ड, हंगेरी- १८३
लिथुआनिया, स्लोभाकिया- १८२

यी हुन् कमजोर राहदानी
उत्तर कोरिया- ३९
नेपाल र प्यालेस्टाइन- ३७
सोमालिया- ३४
यमन-३३
पाकिस्तान-३१
सिरिया-२९
इराक-२८
अफगानिस्तान-२६

Leave a Reply

Your email address will not be published.

Back to top button