आफ्नी आमा जयासंग सम्बन्ध नराम्रो भएपनि हरेक रात अभिषेक बच्चनले सुत्नुअघि ऐश्वर्या रायसँग माफी माग्दथे

मुम्बई(जीन्यूज)– बलिउडको रुचाइएका जोडी ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनको केमेष्ट्री जोकोहीलाई मनपर्छ । उनीहरुको वर्षौदेखिको बोण्डिङ आफैंमा प्रेरक छ ।

तर एक अन्तरवार्तामा अभिषेकले पति–पत्नीबीचको एक गो’प्य कुराको खुलासा गर्दा सबै अचम्मित भएका छन् । अभिषेकका अनुसार हरेक दिन सुत्नुअघि ऐश्वर्यासँग उनी माफी माग्छन् ।

केही समय अघिको एक अन्तरवार्तामा ऐश्वर्या र अभिषेक एकसाथ उपस्थित थिए । त्यो अन्तरवार्तामा अभिषेकले आफ्नो वैवाहिक जीवनको बारेमा एक रोचक किस्सा खुलाएका थिए ।

अन्तरवार्तामा ऐश्वर्याले आम जोडीजस्तै आफ्नो पनि अभिषेकसँग झ’ग’डा परिरहने बताएकी थिइन् । ऐश्वर्याले अभिषेकसँग ‘झ’ग’डा’ नभई ‘असहमति’ हुने गरेको र असहमति नभएको जीवन दिक्क लाग्दो हुने उल्लेख गरेकी थिइन् ।

उक्त कुराकानीमा यो जोडीले आफ्नो पनि अन्य जोडीको जस्तै थुप्रै पटक बहस हुने गरेको स्वीकार गरे । ऐश्वर्याले पनि यसबारे कुरा गर्दै अभिषेक र आफूबीच कुनै न कुनै कुरामा ठाकठुक परिहाल्ने बताइन् । तर यसलाई उनले झगडा नभई असहमति बताएकी थिइन् । उनले भनिन्, ‘यस्सो ठाकठुक भएन भने त जीवन बोर भइहाल्छ नि ।’

‘हामीले मिलेर झ’ग’डा गरेर नसुत्ने निर्णय लिएका थियौं । त्यहीकारण म हरेक दिन सुत्नु अघि अघिल्लो दिनको हरेक गल्तीका लागि ऐश्वर्यासँग माफी माग्थें । महिलाहरु त्यसै पनि आफ्नो गल्तीलाई स्वीकार्दैनन् । त्यसकारण म नै ऐश्वर्यासँग माफी माग्थें’, अभिषेकले भनेका छन् ।

बच्चन परिवार किन मन पराउँदैन ऐश्वर्यालाई ?

सासु-बुहारीको सम्वन्ध बिग्रेको चाहिँ ऐश्वर्याको फिल्म ‘धुम टु’ को बेलादेखि नै हो । सो फिल्ममा अभिनेता ऋतिक रोशनसँग ऐश्वर्याको लि’पल’क सिन थियो । उक्त सिनलाई जयाले पचाउन सकिनन् र आ’पत्ति जनाइन् । बच्चन परिवारले सो दृष्य फिल्मबाट हटाउनसमेत निर्माण पक्षलाई द’वाव दिएको थियो । सोही फिल्ममा ऐश्वर्याले लगाएको छोटो लुगालाई लिएर पनि जयाले बखेडा गरेकी थिइन् ।

केही बर्ष अघि रिलिज भएको फिल्म ‘ए दिल है मुश्किल’ मा रणवीर कपुरसँग ऐश्वर्याले दिएको इन्टिमेट सिनलाई लिएर पनि बच्चन परिवार रुष्ट बनेको छ । स्वयम् अभिषेक बच्चनलाई पनि यो कुरा मन परेको थिएन । उक्त फिल्मको स्किनिङमा बच्चन परिवारका कोही पनि उपस्थित भएनन् । अभिषेकले आफ्नी पत्नीको फिल्मलाई एक पटक पनि प्रमोसन गरेनन् ।

पछिल्लो समय ऐश्वर्या र जया बेग्लाबेग्लै बस्न थालेको समाचार भारतीय मिडियाहरुमा आएको छ । तर, यसको पुष्टी भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published.

Back to top button