नेपालमा थप एक जनामा ‘ओमिक्रोन’ पुष्टि, सतर्कता अपनाउन आग्रह

काठमाडौ । नेपालमा पनि कोभिडको नयाँ भेरियन्टको खतरा बढेको छ । नयाँ संक्रमण ओमिक्रोन र डेल्टा भेरियन्टका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको छ । त्यस्तै २२ जनामा डेल्टा पुष्टि भएको छ ।

बुधबार मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले यस्तो जानकारी दिएकी हुन् । उनले सतर्कता अपनाउन सर्वसाधारणमा अपिल पनि गरेकी छन् । मिश्रााका अनुसार ५८ वर्षीय पुरुषमा ओमिक्रोन देखिएको हो । उनी स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा बसेका छन् । उनीसंग सम्पर्कमा रहेकाहरुको पनि परिक्षण गरिने उनले जानकारी दिइन् ।

नेपालमा यसअघि दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । दुवैजना अहिले निको भइसकेका छन् । त्यस्तै २२ जनामा डेल्टा भेरियन्टको पुष्टि भएको उनको भनाइ छ । उनका अनुसार हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् । संक्रमितम्धये ८ लाख ९ हजार ६५९ जना निको भएका छन् भने ११ हजार ५९९ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यस्तै २७२ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button