‘गगन र विश्व प्रकाशलाई केकीले भनिन्, ‘बाचा नभुल्नुहोला है म तपाईहरुलाई बेलाबखत सम्झाइरहने छु’

काठमाडौ । नेपाली कांग्रेसको महाधिवेशनवाट युवा नेतृत्व आए पछि नायिका केकी अधिकारी खुसी भएकी छन् । उनले नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जनतासामु उनीहरुले बाचा नभुल्न सुझाव दिएकी छन् । महामन्त्रीमाा निर्वाचित भएपछि उनीहरुलाई सुभकामना दिँदै केकीले सामाजिक सञ्जाल फेसवुकमा लामो स्टाटस लेखेकी छन् । उनले गर्वले जय नेपाल भन्न सकियोस् भन्दै कांग्रेसका नेता–कार्यकर्ता तथा जनतामाझ गरेका बाचा विजयी भएपछि नभुल्न आग्रह गरेकी हुन् ।

उनले लेखेको स्टाटस यस्तो छ, नेपाली काँग्रेस पार्टीको महामन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका दुवै दाईहरु श्री गगन थापा र श्री विश्वप्रकाश शर्मालाई हार्दिक बधाई१ देश, जनता र लोकतन्त्रप्रतिको यहाँहरुको निष्ठा अविचलित र अक्षुण्ण रहिरहने बिश्वास गरेकी छु। तपाँइहरुले प्राप्त गर्नुभएको सफलताले आम नेपाली जनता र विशेषगरी युवापुस्ता भित्र रहेको परिवर्तनको उत्कट इच्छालाई प्रकट गरेको छ भन्दा फरक नपर्ला।

यहाँहरुको कार्यकाल नेपालका लाखौँ युवाहरुलाई राजनितिसँग जोड्न, सचेत हुन र समुन्नतिको बाटोमा उर्जाशील बनाउन पक्कै पनि प्रेरणादायी हुने नै छ।अझै कम उमेरमा, अझै छिटो नेतृत्वदायी भूमिकामा क्षमतावान युवाहरुलाई पुऱ्याउन बदल्नुपर्ने राजनितिक संस्कार र परिपाटीमा यहाँहरुको सक्रिय भूमिका रहने अपेक्षा गरेकी छु।

प्रिय गगन दाइ, पन्ध्र वर्षपछि धुवाँ धूलो रहित रमणीय काठमाडौको सडकमा तपाँइ आफ्नो परिवारसँग घुम्दै गर्दा आजभन्दा बढि हर्षोल्लासका साथ नजिकबाटै ‘जय नेपाल’ भन्न पाउने दिनको प्रतिक्षा गरिरहेकी छु। आफ्ना वाचाहरु नभुल्नुहोला। बेलाबखत सम्झाइरहने छु।

Leave a Reply

Your email address will not be published.

Back to top button