देउवा सरकारमा अब प्रचण्ड र नेपालका दिन सकिए, यसरी टुट्न सक्छ अब गठबन्धन

काठमाडौ । कम्युनिष्ट पार्टीका नेताहरुबीचको वैमनस्यताका कारण सरकारमा पुगेका शेरवहादुर देउवालाई अब सरकारमा बस्न फेरी अर्को चुनौतीको सामना गर्नुपर्ने भएको छ । अब देउवाका लागि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समस्याका रुपमा देखिएको छ । यहि कारणले अब गठबन्धनमा पनि प्रभाव पर्ने देखिएको छ । गठबन्धनमै रहेका दलहरुमध्य केही एमसीसीको पक्षमा छन् भने केही विपक्षमा ।

देउवा एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि साथ छ । यद्धपी एमालेले एमसीसी प्रतिको धारणा सार्वजनिक गरिसकेको छैन । अन्य दलले सार्वजनिक गरेपछि मात्र एमालेले आफ्नो धारणा बताउने भन्दै आएको छ । यस विषयमा पटक पटक देउवा र ओलीका बीचमा कुराकानी भइरहेको छ । ओली पहिले देखि नै एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा थिए ।

सबै भन्दा विरोधमा उत्रिएका प्रचण्ड अहिले सत्ता गठबन्धनमा छन् । माधव कुमार नेपाल पनि कुनै पनि हालतमा एमसीसी पास हुनुहुँदैन भन्दै आएका छन् । यस्तो अवस्थामा अब देउवाले एमसीसी कसरी पास गर्छन त्यो भने निकै कठिन देखिएको छ । यो विषयमा रस्साकस्सी हुँदा सरकार साझेदार दलहरुबीचमै विवाद आउने देखिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका लागि निकै पेचिलो बन्न पुगेको छ। यी दुई दल संशोधन गरेरमात्र एमसीसी पारित गर्ने पक्षमा रहे पनि अमेरिका संशोधनका लागि तयार नभइदिँदा उनीहरुका लागि पनि समस्या छ । दलमा रहेका नेताहरुको विरोधका कारण नेकपा कालमा पनि संसदबाट एमसीसी अनुमोदनको प्रक्रिया अघि बढ्न सकेको थिएन।

एमसीसी सम्झौतामा रहेका कतिपय विषय ‘नेपालको हित र राष्ट्रियता प्रतिकूल रहेको’ उनीहरुको भनाई छ । प्रधानमन्त्री देउवा त सदैव एमसीसी अनुमोदनकै पक्षमा छन्। २५ मंसिर ९२०७८० मा भएको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले एमसीसी सम्झौता ‘महाकाली सन्धिजस्तै फाइदाजनक’ भएको व्याख्या गरेका थिए। तर, अनुमोदनअघि ओली एमसीसीलाई सत्तागठबन्धन तोड्ने अस्त्रका रुपमा प्रयोग गर्न चाहन्छन्।

माधव नेपालको साथका कारण सत्तारोहण गर्न सफल भएका देउवालाई एमालेको साथ र सहयोग प्राप्त भयो भने सत्तामा निरन्तरताका लागि देउवालाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथको जरुरत पर्नेछैन। त्यसैले पनि एमसीसीकै कारण सत्ता गठबन्धन भत्कन सक्ने अनुमान लगाउन सकिन्छ ।

एमालेका ९८ र नेपाली कांग्रेसका ६३ सांसदले पक्षमा मतदान गर्नासाथ २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सहज रुपमा एमसीसीको पक्षमा बहुमत पुग्छ।
यही कुरा बुझेर ओलीले देउवाले एमसीसीमा सहयोग गर्नु भन्ने सन्देश सहित पठाएका दूतलाई एमसीसी अनुमोदनका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धन तोड्ने सर्त ओलीले राखेका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button