रोहितसँगको मतभेदबारेमा यस्तो भन्छन् विराट

काठमाडौंः भारतीय क्रिकेट टोली दक्षिण अफ्रिकाको भ्रमणमा जाँदैछ। यसअघि बुधबार विराट कोहली र रोहित शर्माको विवाद अन्त्य भएको छ।

कोहलीले एकदिवसीय सिरिजबाट नाम फिर्ता लिएको खबरलाई लिएर अचानक विवाद भएको थियो। कोहली आफैले दक्षिण अफ्रिकामा हुने एकदिवसीय सिरिज खेल्न उपलब्ध हुने स्पष्ट पारेका छन्। उनले रोहितसँग सम्बन्ध राम्रो रहेको स्पष्ट पारे।

विराटले भने, ‘मैले र रोहितबीच यसअघि कति कुराहरू गरेको छु कि हामीबीच कुनै समस्या छैन। इमान्दारीपूर्वक भन्नुपर्दा मलाई यो एउटा कुराको बारेमा विगत दुई वा साढे वर्षदेखि लगातार स्पष्टीकरण दिइँदै आएको छ। म थकित छु। यो कुरा स्पष्ट गर्दा गर्दैमा। यो एक प्रश्न हो जुन मलाई बारम्बार सोधि राख्नु पर्दैन।’

कोहलीले शर्माको कप्तानीमा एकदिवसीय सिरिज खेल्ने घोषणा गरेका छन्। भारतीय क्रिकेट टोलीको टी–२० फर्म्याटको कप्तानी गरेका कोहलीले आइसीसी विश्वकपअघि नै छाड्ने घोषणा गरेका थिए। विश्वकपमा टीम इन्डियाको निराशाजनक प्रदर्शनपछि कोहलीलाई एकदिवसीय क्रिकेटको कप्तानीबाट हटाउने निर्णय भएको थियो।

शर्मालाई टी–२० र एकदिवसीय टोलीको कप्तानी दिने निर्णय भएको छ। कोहली एकदिवसीयमा कप्तान बन्न चाहन्थे। जसका कारण रोहितलाई कप्तानी दिएपछि विवाद भएको थियो।

‘क्रिकेट खेल्दासम्म टिमको हितमा मात्रै सोच्छु, टी–२० कप्तानी छाड्ने सोच्दा सबैभन्दा पहिले बीसीसीआईमा पुगेँ, एकदिवसीय र टेष्टमा कप्तानी गर्न चाहन्छु भनेँ, तर यो सबै कुरा हो। कार्यालयका कर्मचारीहरू र कार्यालयमा काम गर्ने व्यक्तिहरू चयनकर्ताहरूले यो जिम्मेवारी लिनु हुँदैन भन्ने लाग्यो।’

Leave a Reply

Your email address will not be published.

Back to top button