इंग्ल्याण्ड र अष्ट्रेलियाको दोस्रो टेष्ट आज, यस्तो हुनसक्छ प्लेइङ–११

काठमाडौंः इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको एशेज सिरिजको दोस्रो डे–नाइट टेष्ट आजदेखि सुरु हुँदैछ। यी दुई देशबीचको म्याच नेपाली समयअनुसार बिहान ९ः४५ बजेदेखि एडिलेटमा सुरु हुनेछ।

पाँच म्याचको सिरिजमा अष्ट्रेलिया १–० अगाडि रहेको छ। एशेज सिरिजको पहिलो टेष्ट अष्ट्रेलियाले ९ विकेटले जितेको थियो।अष्ट्रेलिया दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्न चाहन्छ। तर, इंग्ल्याण्ड भने सिरिज बराबरीमा ल्याउने सोचमा हुनेछ।

दोस्रो खेलका लागि अष्ट्रेलियाले आफ्नो टोली घोषणा गरेको छ। अष्ट्रेलियाले एक अघि नै प्याट कमिन्सको कप्तानीमा प्लेइङ–११ घोषणा गरेको हो।

उसले प्लेइङ–११ मा एक खेलाडी परिवर्त गरेको छ। अष्ट्रेलियाले तीव्र गतिका बलर जोश हेजलवुडको ठाउँमा झय रिचर्डसनलाई प्लेइङ–११ मा समावेश गरेको हो। चोटका कारण हेजलवुडले दोस्रो टेष्ट म्याच गुमाउने भएका हुन्।

झण्डै तीन वर्षपछि रिचर्डसनले टेष्ट खेल्न भएका छन्। २५ वर्षीया रिचर्डसनले सन् २०१९ को सुरुमा श्रीलंकाविरुद्ध आफ्नो टेस्ट डेब्यू गरेका थिए। उनले डेब्यू टेष्टमा पाँच विकेट लिएका थिए।

पहिलो टेष्ट सिरिजका क्रममा घाइते भएका ओपनर डभिड वार्नरले प्लेइङ–११ मा मौका पाएका छन्। इंग्ल्याण्डले पनि पिंक बल टेस्ट खेल्ने सम्भावित खेलाडीको नाम घोषणा गरेको छ। दोस्रो टेस्टका लागि इंग्लिस टोलीले १२ सदस्यको नाम घोषणा गरेको हो।

अष्ट्रेलियाको प्लेइङ–११

डेविड वार्नर, मार्कस ह्यारिस, मार्नश लाबुशेन, स्टिभ स्मिथ, ट्राभिस हेड, कमरुन ग्रीन, एलेक्स क्यारी (विकेटकीपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, झय रिचर्डसन र नाथन लियोन।

इंग्ल्याण्डको टोलीको सम्भावित–११

रोरी बर्न्स, हसिब हमिद, डेविड मलान, जो रुट (कप्तान), बेन स्टोक्स, ओली पोप, जोस बटलर (विकेटकीपर), क्रिस वोक्स, ओली रोबिन्सन, स्टुअर्ट ब्रोड÷ज्याक लिच र जेम्स एन्डरसन।

Leave a Reply

Your email address will not be published.

Back to top button