श्रीलंकाविरुद्ध नेपालको शानदार जित, गर्‍यो गोलको वर्षा

काठमाडौं: साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई हराएको छ  । बंगलादेशको  ढाकामा नेपालले बुधबार श्रीलंकालाई ६-० गोलको फराकिलो अन्तरले हराएको हो ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई गोल गरिन् ।

यस्तै सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक एक गोल गरिन् । खेलको पाँचौ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाईन् । प्रिती राईको पासमा रश्मीले पेनाल्टी एरियाको बाहिरबाट गोल गरिन् ।

सातौं मिनेटमा सबिताले गोल गर्दा नेपालको अग्रता २-० को बन्यो । रश्मीको फ्री-किकमा सबिताले सहजै गोल गरिन् । खेलको ४३ औं मिनेटमा मेनुकाले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाईन । सबिताको क्रसमा उनले गोल गरेकी हुन् ।

खेलको ४८ औं मिनेटमा सलोनी राना मगरको क्रसमा रजनीले गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाईन् । खेलको ५३ औं मिनेटमा सलोनीले गोल गर्दा नेपालको अग्रता ५-० को बन्यो  । त्यसपछि खेलको ८५ औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाईन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button