चिकित्सकको लापरवाहीले महिलाको ज्यान गयो


वीरगञ्ज ६ चैत । वीरगञ्जको भवानी हस्पिटलमा चिकित्सकहरुको चरम लापरवाहीले एक जना महिलाको ज्यान गएको छ । सामान्य गर्भवती अवस्थामा चेकजाँच गराउन अस्पताल भर्ना भएकी महिलाको अस्पतालकी डा.दिप्ती यादवले शल्यकृया गरेर सुत्केरी गराए पछि महिलाको अवस्था गम्भीर भएको परिवार आरोप रहेको छ ।

सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नं ११ निवासी जहना खातुन सामान्य गर्भवती जाँचका लागि अस्पताल गएकी थिइन् । जहानाको हातखुटा सुनिने गरेको कारण गत फागुन ३१ गते चेकजाँचको लागि वीरगञ्जको भवानी अस्पतालमा भएको परिवारले बताएको छ । चिकित्सकले उच्च रक्तचाप रहेकोले तत्काल शल्यकृया गरी सुत्केरी गराउनु पर्ने बताएपछि परिवारका सदस्यले डा.दिप्ती यादवको सल्लाह अनुसार शल्यकृया गराउन सहमत भएका थिए ।

खातुनको भवानी अस्पतालकि डा.दिप्ती यादवको मूख्य नेतृत्वमा शल्यकृया गरिएको थियो । शल्यकृयापछि खातुनको अवस्था गम्भीर भएको भन्दै उनलाई आई.सि.यु राखिएको थियो । त्यसपछि खातुन संग भेट गर्न समेत नदिएको खातुनका बुबाले बताए ।

मृतक खातुनका बुबालाई दुई तिन दिनपछि तपाईको छारी हिडेर घर जान्छ भन्ने अश्वासन अस्पतालले दिएको थियो । बिहीवार बिहान अस्पतालले आफुहरुलाई बोलाएर तपाईको बिरामीको अवस्था गम्भिर छ भेन्टिलेटरमा राख्नु पर्छ भन्दै अस्पतालले अर्काे अस्पतालमा लैजान दबाब दिएपछि परिवारजनले ब्लड प्रेसर नापेर मात्र लैजाने अडान लिएका थिए । तर अस्पतालले प्रेसर नाप्नका लागि पनि केही समय भन्दै आलटाल गरेको मृतकका भाईले बताए ।

अस्पताल प्रशासनले खातुनको मृत्यु प्रकरणमा गैर जिम्मेवार जवाफ दिएको छ । खातुनको मृत्यु समान्य भएको दावी गरेको छ । श्लयक्रियामा संलग्न डा .दिप्त यादवलाई सम्र्पक गर्दा घटनाबारे प्रतिकृया दिन मानिन्न । मृतकका आफन्तले अस्पतालका डाक्टरको लापरवाही र गलत उपचारको कारण खातुनको मृत्यु भएको आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published.

Back to top button