एक अपरिचित व्यक्तिको अचानक प्रवेश , पूर्व मिस नेपालको टुट्यो मन, छुट्यो जिपीको साथ


काठमान्डौ , नेपाली समाजमा तथ्य नबुझि जस्तो हल्लामा पनि विश्वास गर्र्ने एउटा विडम्वना छ । कागले कान लियो भन्दैमा मान्छेहरु कान छाम्दैनन् की, कागको पछि दगुर्ने गर्दछन् । यही कारण कुनै कमजोरी नै नभएको व्यक्तिसमेत समाजमा आफ्नो टाउको लुकाएर लुकी लुकी हिंड्नुपर्ने अवस्था सिर्जना हुने थुप्रै उदाहरण छन् । कमजोरी गर्ने मानिसले टाउको लुकाएर हिंड्नुपर्ने अवस्था आउनु त स्वभाविकै होला तर कुनै गल्ती नगरेको व्यक्तिसमेत भयङ्कर ठूलो अपराधीजस्तो गरेर समाजमा नाक देखाउन लाज मान्नुपर्ने अवस्था आउँदो रहेछ ।

पछिल्लो समय केही नेपाली मिडियाहरुले एक यस्तै घटनामा आफ्ना कान नछामेर काग छोप्न हिंडिरहेको जस्तो गरिरहेका छन् । कुनै समय नेपाली ‘ग्यालमर’ क्षेत्रको उदारणीय जोडी मानिने पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद तिमिल्सिना (जिपी) बिचको वैमन्यश्यताको चुरो नै नबुझि मिडियाहरुले अँध्यारोमा ढुँगा हानिरहेका छन् । राज्यको चौथो अंग मानिने सञ्चार क्षेत्रले नै यस्तो गर्न थालेपछि सर्वसाधारणले पनि विश्वास गर्नुपर्ने बाध्यता छ ।आजभन्दा १९ वर्षअघि पर्साको वीरगञ्ज स्थायी घर भएकी उषा र रौतहटको चन्द्रनिगाहपुर घर भएका तिमिल्सिनाको पहिलो भेट नेपाल टेलिभिजनमा तिमिल्सिनाले ‘म्युजिक प्लस’ कार्यक्रम सञ्चालन गर्ने क्रममा भयो ।

जिपी सञ्चार क्षेत्र र अझ खासगरी सिने क्षेत्रको चर्चित पत्रकार भइरहेकै बेला समयले उनलाई उषा खड्गीसँगको सामिप्यतामा मात्रै ल्याएन, दुवैजनाले पत्तो नै नपाउने गरी उनीहरु गहिरो प्रेम सम्बन्धमा परे । एक अर्को बिना बाँच्नै नसक्ने अवस्थामा जस्तो उनीहरु पुगे ।गहिरो प्रेमसम्बन्धका कारण उषा जिपीको क्यारियर बढ्दै गएकोमा मख्ख थिइन भने जिपी उषाका लागि उनले चाहना गरिरहेको मिस नेपालको ताजको पर्खाइमा थिए । जीवन संघर्षका क्रममा एक अर्कालाई असाध्यै माया गर्ने मात्रै होइन्, जुनीभरी सँगै जिउने वाचासहित २०५९ को वैशाख २६ गते जिपी र उषा विवाह बन्धनमा बाँधिए ।

यसबिचमा उषाले मिस नेपालको ताज पहिराइसकेकी थिइन् भने अथक संघर्षको उपजको रुपमा जिपीले राजधानीको नरेफाँटमा घर निर्माण गरिसकेका थिए । यही क्रममा जसरी जिपीले उषालाई मिस नेपाल बनाइ छोड्न आफ्नो पूरा ताकत लगाए त्यसैगरी उषाले पनि आफ्नो क्षेत्रमा सफलता हात पार्दै गएको देखिन्छ ।कार्यक्षेत्रको निरन्तरको सफलता मात्रै होइन, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पनि दुवैजनाले ख्याती कमाउँदै गए । विस्तारै पहिलो सन्तानको रुपमा उनिहरुकी एक छोरी जन्मिइन । सन्तान प्राप्तीले उनीहरुलाई झन परिपक्व बनाउँदै लग्यो भने विस्तारै जिपीले पर्मोटर्स नेपाल नामक विज्ञापन ऐजेन्सी र उषाले कुपोण्डोलमा बुटिक व्यवसाय शुरु गरे ।

निकै व्यवस्थित परिवार क्या जमेर नाम कमाउँदै दाम पनि कमाइरह्यो । जिपीले निर्माण गरेको नरेफाँटको घरमा उषाले आफ्ना आमा बुवासमेत ल्याएर राखिन । अर्को सन्तानको रुपमा छोरा जन्मिएपछि त झन यो परिवारको खुसी झन बढ्यो । स्वदेशका राम्रा राम्रा स्थान मात्रै होइन् यो बिचमा उनीहरुले देश विदेश पनि सँगसँगै कति घुमे कति ।२०७६ को दशैंलगत्तै एक राष्ट्रिय पत्रिकामा जिपी र उषाको घर बिग्रिएको समाचार आउँछ । समाचारमा उषाले जिपीलाई डिभोर्स दिएको उल्लेख भएपछि जिपी आश्चर्यचकित हुन्छन् । उषा पनि डिभोर्स यत्ति हल्का हुन्छ र ?

भन्दै त्यो समाचार लेख्ने पत्रकारलाई मानहानी गरेको मुद्दा हाल्ने प्रतिक्रिया सञ्चार माध्याममा दिन्छिन् । त्यो बेला वास्तविकता बुझ्न पत्रकारले जिपीलाई सोध्दा यो आफ्नो नितान्त व्यक्तिगत मामला भएकाले केही बोल्न नचाहने र डिभोर्स पनि हल्ला मात्र भएको बताउँछन् ।तर ‘हावा नलागी पात हल्लिदैन’ भनिएझैं पत्रकारहरुले कुरोको चुरो बुझ्ने प्रयास गर्दै जाँदा उषाले २०७६ असारमा भक्तपुर जिल्ला अदालतमा एकपक्षीय रुपमा डिभोर्स दिएको भेटियो । तर उता अदालतमा जिपीसँग छोडपत्र गरेकी उषा यता भने जिपीले पसिना बगाएर जोडेको घरमै राज गर्दै आएको पाइयो ।

असार महिनामा अदालतमा दिएको एकपक्षीय डिभोर्सको निवेदनसँगै दुई बच्चा जिपीले पाल्नुपर्ने गरी आफूलाई कुल सम्पत्तिको एक भाग भराइ पाउँ भनेर माग दावी गरिएको पनि पत्ता लाग्यो । महानगरीय प्रहरी वृत्त भक्तपुरका अनुसार उनीहरुबिच ३/४ पटक त्यहाँ यस सन्दर्भमा लेखापढी नै भएको देखिन्छ ।यसबिचमा उषा र जिपीको लफडामा अचानक अजय शर्मा नाम गरेका एक अपरिचित व्यक्ति प्रवेश गरे । उनले बेला बेला जिपीलाई फोनमा थर्काउने र धम्काउने गर्थे । तर विनाकारण कुनै पनि सम्बन्ध वा लेनदेन नरहेको व्यक्तिले आफूलाई धम्काउन थालेपछि जिपी बल्ल सतर्क हुन थाले ।

अजय शर्माले आफुलाई धम्काउने क्रम बढ्न थालेपछि सुरक्षा थ्रेट महशुस गर्दै जिपीले प्रहरीमा निवेदन दिए । आफू उषाको फ्यान भएको बताउने अजयले प्रहरीमा आएर आइन्दा नधम्काउने सहमतिसमेत गरे ।महानगरीय प्रहरी वृत्त भक्तपुरका प्रहरी नायब निरीक्षक शान्ती कोइरालासँगको कुराकानीमा उहाँले तिमिल्सिनाले जिपीले शान्तिसुरक्षाको माग गर्दै हालेको निवेदनको आधारमा अजय शर्मालाई वृत्तमा झिकाएर सहमति गरेर छाडिएको बताए । तर अजय शर्मा किन जिपीलाई धम्काउने गर्थे वा किन जिपीको परिवारको बिचमा आउँथे भन्ने चाहिँ आफूलाई पनि थाह नभएको कोइरालाको भनाई छ ।

मिलापत्रका क्रममा अजय शर्मा भन्ने व्यक्तिले अबदेखि नधम्क्याउने भनेर माफिसमेत मागेको उहाँले बताउनुभयो । मिलापत्रपछि शर्माले प्रहरी वृत्तबाट उन्मुक्ति पाएका थिए । अजय शर्मा बारम्बार भिलेनको रुपमा उनीहरुको बिचमा आइरहनु र उषाले पनि उनलाई बढी महत्व दिनुले दुई सन्तानको भविष्य अन्यौलमा परेको एक खड्का थरका छिमेकीले बताएका छन् ।प्रहरीमा त्यस्तो सहमति गरिएपनि यता जिपीलाई भने झन झन खतरा महशुस हुँदै गयो । एउटै घरमा भएपनि उषा र जिपी अलग अलग बस्ने गरेको लामो समय बितेको थियो ।जुन उनले आफ्नो बुवाआमा र दाजुभाईलाई समेत बताएका थिएनन् ।

एकातिर अदालतमा श्रीमतीको डिभोर्सको निवेदन त अर्कोतिर अपरिचित व्यक्तिको निरन्तरको भयपछि जिपीले घरमै ३ महिना सेक्युरिटि गार्ड राखेर समेत गुजारे ।स्रोतका अनुसार उषा र ती अजय शर्मा आजभोली सँगसँगै हुने गर्दछन् । सामाजिक सञ्जालमा उनीहरुले पोष्ट गरेका तस्बीरबाट पनि यो कुराको पुष्टि हुन्छ । कान्तिपुर टेलिभिजनको एक ‘लेट मी इन’ विज्ञापनमा पनि उनीहरु मिलेर भूमिका निर्वाह गरेका पाइएको छ । जिवनमा सँगै ज्यूने मर्ने वाचा कसम खाएको श्रीमानलाई त्यसरी अदालतमा मुद्दा हालेकी उषाले ०७६ को असार २३ गते दरबारमार्ग बोलाएर तीनै अजय शर्मासँग जन्मदिन मनाएको थाह पाएपछि जिपी त झन झस्किन पुगे ।

मान्छेहरुको जिवनमा विडम्बना पनि कस्ता कस्ता आउँदा रहेछन भने आफैले दश नङ्ग्रा खियाएर बनाएको घरमा पनि छोडपत्र गरेकी श्रीमतीको त्रासका माझ जिपी लामो समय बस्नुपर्यो । आफ्ना बालबच्चाको लालनपालन तथा शिक्षा दिक्षा के कसो हुने हो ? भन्ने चिन्ताले ग्रस्त भएर होला उनले लामो समय जसोतसो व्यतित गरे । कुनै एक्शन उनले कहिल्यै किन लिन सकेनन भने उनी आफ्ना कारणले छोराछोरीलाई मानसिक तनाव नहोस भन्ने अझै पनि चाहन्छन् । पछिल्लो समय उषाको माग अनुसार उनको सुख, सयल र बच्चाहरुको शिक्षा दिक्षाको सम्पूर्ण खर्च बेहोर्नेदेखि लिएर मासिक ३० हजार दिइरहेका छन् ।

तर उषालाई भने कुल जेथाको १ भाग र मासिक ३० हजारले पनि पुगेन । त्यसैले उनले कुल अंशको ३ भाग माग दावी गरेर अंश चाहियो भन्दै यतिबेला फेरि उजुरी हालेकी छन् । त्यस्तै उता अजय शर्मासँगको उनको सम्बन्ध पनि पुरानै रफ्तारमा चलिरहेको छ ।यसरी उषा फेरि अदालत पुगेपछि जिपी भने छोराछोरीलाई कुनै अफ्ठ्यारो नहोस भनेर जीवनको एक सपना आफ्नो घर नै छोडेर निस्किएका हुन् । केही दिन अघि अर्थात फागुनको अन्तिम सातामात्रै छरछिमेकी र साथिभाइसँग तनावका कारण भन्दै व्यवसाय नै अन्त सारेर जिपी घरबाट हिँडेका छन् ।

१६ वर्षकी छोरी र यो घटनाबारे बुझ्ने उमेर नै नभएका ६ वर्षीय छोरा भने उषासँगै बस्ने गरेका छन् ।यो घटनाले समाजको उपल्लो वर्गकी महिलाहरुले कसरी पुरुषमाथि हिंसा गरिरहेका छन् भन्ने कुरा छर्लङ्गै मात्रै बनाउँदैन, यो दुर्दशा भोगिरहेको हाम्रो समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्नसमेत उब्जाउँछ । समाजमा महिलाहरुले जस्तो गल्ती गर्दा पनि दोष नदेख्ने तर पुरुषले केही नगर्दा समेत अनाहकमा बर्बादी भोग्नुपर्ने उदारहण बढ्दै गएका छन् ।कतिपय महिलाहरु धनको लोभ तथा आफ्नो सुन्दरताको घमण्डले पनि घरबार नै ध्वस्त बनाइरहेका भेटिन्छन् ।

यतिमात्रै होइन, श्रीमान विदेश भएका कतिपय महिलाहरुले त श्रीमान विदेश रहुन्जेल स्वदेशमा उसको पैसामा मोजमस्ती गर्ने र स्वदेश फर्कने बेलामा अर्कैसँग हिंडेका कयौं उदाहरणहरु प्रहरी चौकिका कयौं पाइन्छन् । विदेशबाट घरमा श्रीमती र छोराछोरीसँग समय बिताउन आउनेहरुले श्रीमतीको बदमासीका कारण प्रहरी चौकीमा लफडामा फस्नु परिरहेको पाइन्छ भने सुन्दर घर नै उजाडिएको वियोग बेहोनुपर्ने गरेको छ ।हाम्रो समाज पनि गजवकै छ, तथ्य नै नबुझि हल्लामा विश्वास गर्ने गरिन्छ । सरकार तथा कानुनका निर्माताहरुले पुरुषहरुमाथि पर्ने यस्ता दुखद घटनाबारे समयमै ध्यान नदिए यो एक सामाजिक विकृति नै बन्ने खतरा छ । Source:Esidhakura

Leave a Reply

Your email address will not be published.

Back to top button