रुटले रचे इतिहास, बने यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

काठमाडौंः इंग्ल्याण्डका कप्तान जो रुटले टेष्ट क्रिकेटमा इतिहास रचेका छन्। दायाँ हाते ब्याट्सम्यान रुटले एक क्यालेन्डर वर्षमा इंग्ल्याण्डका लागि सर्वाधिक टेष्ट रन बनाउँदै इतिहास रचेका हुन्।
एशेज टेस्टको तेस्रो दिन अस्ट्रेलियाविरुद्ध रुटले अर्धशतक बनाए। अष्ट्रेलियाको अगाडि पहिलो इनिङ्समा इंग्ल्याण्डको टोली १४७ रनमा अलआउट भएको थियो। रुट आफैं पनि फ्लप थिए तर दोस्रो इनिङ्समा उनले सावधानीपूर्वक खेल्दै कीर्तिमान बनाएका हुन्।
रुटले करिब २० वर्ष पुरानो कीर्तिमान तोडेका छन्। पूर्व कप्तान माइकल भनले सन् २००२ मा इङ्ल्याण्डका लागि १ हजार ४८१ रन बनाएका थिए। तर अहिले रुटले इङ्ल्यान्डको दोस्रो इनिङ्सको ३८औँ ओभरमा नाथन लियोनलाई एकल विकेट लिएर उनीभन्दा अगाडि गए।
रुटले एक क्यालेन्डर वर्षमा १४०० भन्दा बढी रन बनाएको यो पहिलो पटक भने होइन। उनले २०१६ मा १४७७ रन बनाएका थिए। यसभन्दा एक वर्षअघि इंग्ल्याण्ड कप्तान रुटले १३८५ रन बनाएका थिए।
जोनी बेयरस्टोले सन् २०१६ मा १४७० रन बनाएर इङ्ल्यान्डका लागि माइकल भानको कीर्तिमान तोड्ने नजिक पुगेका थिए। तर, त्यो वर्ष जो रुट उनीभन्दा अगाडि थिए। यो समाचार लेख्दासम्म रुटले यो वर्ष टेस्ट क्रिकेटमा १५ सयभन्दा बढी रन बनाएका छन्।
टेष्ट क्रिकेटमा एक वर्षमा सबैभन्दा धेरै रन बनाउने विश्व कीर्तिमान मोहम्मद युसुफको नाममा छ। पाकिस्तानी लेजेन्डले सन् २००६ मा ११ खेलको १९ इनिङ्समा १७ सय ८८ रन बनाएका थिए।
यो सूचीमा दोस्रो स्थानमा वेस्ट इन्डिजका लिजेण्ड भिभ रिचर्ड्स छन्। उनले सन् १९७६ मा १७ सय १० रन बनाएका थिए। त्यस्तै, दक्षिण अफ्रिकाका पूर्वकप्तान ग्रीम स्मिथले सन् २००८ मा टेस्ट क्रिकेटमा १६ सय ५६ रन बनाएका थिए।
यी बाहेक कुनै पनि ब्याट्सम्यानले १६ सयभन्दा बढी रन बनाउन सकेका छैनन्। माइकल क्लार्कले १५ सय ९५, सचिन तेन्दुलकरले १५ सय ६२, सुनील गावस्करले १५ सय ५५ र रिकी पोन्टिङले १५ सय ४४ रन बनाएका छन्।