परीक्षामा चिट समातिएपछि कसैको सामु मुख देखाउन लायक नभएको भन्दै छात्राले गरिन् आ’त्मह’त्या


कपिलवस्तु, परीक्षामा चिट स’मातिएपछि एक छात्राले आ’त्मह’त्या गरेकी छन्। शिवराज नगरपालिकास्थित शिवपुरमा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १८ वर्षीय छात्रा सीमा विकले सु’साइट नो’ट लेखेर आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ। सु’साइट नो’टमा आफुले चिट चो’रेको प्रति आ’त्मग्लानी गर्दै विद्यालयका प्रधानाध्यापकसँग मा’फी मा’ग्दै आफुले आ’त्मह’त्या गर्ने निर्णयमा पुगेको लेखिएको छ। मंगलबार सञ्‍चालित कक्षा ८ को परीक्षामा सीमाबाट चिट ब’रामद भएपछि परीक्षा निरिक्षकले उनको प्रवेशपत्र र उत्तर पुस्तिका केही समयका लागि खोसेका थिए।

आफुले परीक्षा कोठामा अ’मर्यादित ग’तिविधी गरेकोप्रति विद्यालयको समेत ब’दनामी हुने र आफु कसैको सामु मुख देखाउन लायक नभएको भन्दै उनले आ’त्मह’त्या गरेको सु’साइट नो’टमा लेखिएको छ। सु’साइट नो’ट २ पेजको छ। जसमा निकै भावुक वाक्यहरु लेखिएका छन्। शिवराज नगरपालिका-१ उमरी घर भएकी निशाले घर नजिकैको सुरई सामुदायिक वनको जामुनको रुपमा झु’ण्डिएर आ’त्मह’त्या गरेको प्रहरीले जनाएको छ। छात्रा विकको श’व पो’ष्टमार्टमपछि परिवारलाई बु’झाइएको छ।

Leave a Reply

Your email address will not be published.

Back to top button