उदीपले दिए आँचललाई जन्मदिनमा दुई लाखको ब्याग उपहार


काठमाडौं । नायिका आँचल शर्माले हालै मात्रै डा. उदीप श्रेष्ठसँग विवाह गरेकी छन् । गत फागुन २९ गते उनीहरुले सामाजिक परम्पराअनुसार विवाह गरेका हुन् । विवाहमा आँचलले लगाएको लेहेँगा र गहनाले चर्चा पाइरहेको छ ।नायिका आँचलले बुधबार आफ्नो जन्मदिन मनाइरहेकी छन् ।

विवाहपछिको आँचलको पहिलो जन्मदिन भएकाले विशेष मानिएको छ । विवाह र पार्टी तथा पहिरनको सर्वाधिक चर्चामा रहेका बेला उदीपले आँचललाई दुई लाख रुपैयाँ बराबरको ब्याग उपहार दिएका छन् । विवाहपछि चैत १ गते रिसेप्सन पार्टीमा हेलिकप्टर चढेर गएकी आँचलले १६ लाख रुपैयाँ बराबरको लेहेंगा र ६० लाखको हिराको गहना लगाएको विषयले अहिले सामाजिक बहस चलिरहेको छ । 

Source:Canadanepal

Leave a Reply

Your email address will not be published.

Back to top button