घरमा पाहुना आएका छन, नबोल्ने भनेपछि नबोल्ने के भन्दै हिँडे स्वास्थ्यमन्त्री ढकाल


काठमाडौं, ०४ चैत । चीनको वुहानबाट सुरु भएको को’रोना भा’इरस विश्वका १ सय ६२ देशमा फै’लिइसकेको अवस्थामा नेपाल पनि उच्च जो’खिममा छ ।कोरोना संक्रमण फै’लिएका देशका मन्त्री÷प्रधानमन्त्रीहरुले हरेक दिन ताजा अवस्थाको बारेमा आफै मिडियामार्फत ब्रि’फिङ गरिहरेका हुन्छन् । तर, नेपालमा भने सरकारका स्वास्थ्य मन्त्रीले भने आफूलाई मन लागेको समयमा मात्रै जवाफ दिने भएका छन् ।जसको उदाहरण न्यूज २४ टेलिभिजनले एउटा भिडियो प्रसारण गरेको छ, जुन सोसल मिडियामा भाइरल बनेको छ ।

घरमा पाहुना आएकाले अहिले बोल्न नमिल्ने भन्दै हतार–हतार क्यामेरा छलेर हिँड्ने व्यक्ति स्वास्थ्य मन्त्री भानुभक्त ढकाल हुन् ।पटक–पटक समय नमिलेको भन्ने मन्त्री ढकालको जवाफपछि फागुन २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेका बेला प्रश्न सोध्न खोजिएको थियो ।टिभी जर्नलिष्टद्वय अंगराज न्यौपाने र केशव निरौलाले कोरोना भाइरस संक्रमणको पूर्व तयारी के छ ? भन्ने प्रश्न गर्न खोज्दा मन्त्री ढकालले आफ्नो घरमा पाहुना आएकाले ‘अहिले नबोल्ने, नबोल्ने भनेपछि नबोल्ने के’ भन्दै हिँडेका थिए ।हामीले मंगलबार पनि मन्त्री ढकालसँग कुराकानी गर्न पटक–पटक प्रयास ग-यौं ।

उनको फोन उठाउने स्वकीय सचिवले पटक–पटक मन्त्री ढकाल मिटिङमा भएको जवाफ फर्काए ।त्यसपछि पनि हामीले ३/४ पटक मन्त्री ढकालको फोनमा सम्पर्क ग-यौं, तर फोन उठेन । ५ औं पटक फोन गर्दा फोन त उठ्यो तर, ‘मन्त्री ज्यू, मिटिङ सकेर गइसक्नु भयो’ भन्ने जवाफ आयो ।प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्र’त्यारोपणपछि आराम गरिरहेका छन् । प्रधानमन्त्री बि’रामी परेका बेला विभागीय मन्त्रीहरुले अझ आफ्नो कामलाई बढी ध्यान दिनुपर्ने हुन्छ ।स्वास्थ्य क्षेत्रमा विश्व आक्रान्त भइरहेको समयमा सरकारको जिम्मेवार मन्त्रालय सम्हालेका मन्त्री ढकालको शैली भने गै’रजिम्मेवार देखिएको छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button