कक्षा १२ उत्तीर्ण भएपछि खुसि हुँदै करिश्माले गरिन यस्तो घोषणा

महामारीका कारण कलेजमा निरन्तर पढाई नभएकाले छोटो समयको अध्ययनको भरमा परीक्षा दिएकाले नतिजाबाट आफू पूर्ण सन्तुष्ट रहेको उनको भनाई छ । करिश्माले घर नजिकै रहेको गोदावरीस्थित किटिनी माविबाट १२ कक्षाको परीक्षा दिएकी थिइन् । उनी स्नातक पनि सोही विद्यालयमा पढ्ने सोचमा छिन् । स्नातकमा आफूलाई ग्रामीण विकास पढ्ने इच्छा रहेको उनले बताइन् ।
१४ वर्षको उमेरमा फिल्म ‘सन्तान’ मा अभिनेत्रीको रुपमा डेब्यू गरेपछि अध्ययनलाई निरन्तरता दिन नसकेकी करिश्मा करीब ६ वर्ष अगाडि मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनले एसईईसम्मको अध्ययन सोही स्कूलबाट गरिन् । उनले एसईईमा ३ जीपीए ल्याएकी थिइन् । करिश्माले ‘पढ्नलाई उमेरले रोक्दैन’ भन्ने एउटा उदाहरण पेश गरेकी छन् ।