शान्ति मिसनमा रहँदा मृत्यु भएका मगरको लेवनानमा गरियो अन्तिम बिदाई


काठमाडौं – संयूक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत रहँदै लेबनानमा मृत्यु भएका नेपाली सैनिक नरबहादुर मगरको अन्तिम बिदाई गरिएको छ ।गत मंगलबार सवारी दुर्घटनामा मृत्यु भएका धादिङ मुलपानीका ३५ वर्षीय मगरको अन्तिम विदाई गरिएको हो ।

लेबनानस्थित संयूक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रमुख मेजर जनरल स्टेफनो कोलको उपस्थितिमा राजधानी बैरुटको र्‍याफिक हारिरी इन्टरनेसनल एयरपोर्टमा मगरको अन्तिम विदाई गरिएको हो ।

मगरले गरेको योगदानको कदरस्वरुप कोलले ‘यूएन मेडल’बाट सम्मान समेत गरे । कोलले मृतकको आत्माप्रति शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । मगरको शव सोमबार नै नेपाल पठाइएको छ । खबरहब बाट साभार

Leave a Reply

Your email address will not be published.

Back to top button