प्रभातसंग वैवाहिक बन्धनमा बाधिदै रेश्मा, को हुन प्रभात ? »

प्रभातसंग वैवाहिक बन्धनमा बाधिदै रेश्मा, को हुन प्रभात ?

काठमाण्डौ : टिकटक स्टार नायिका तथा मोडल रेश्मा घिमिरे मंसिर १४ गते प्रभातसँग वैवाहिक बन्धनमा बाधिने भएकी छिन। रेश्माले गत बर्ष मंसिर १८ गते बिराटनगरको रत्ना होटेलमा प्रभातसँग इन्गेजमेन्ट गरेकी थिइन।

औठी साटेको एक बर्षपछी रेश्मा र प्रभात वैवाहिक बन्धनमा बाधिन आटेका हुन। प्रभात हाल अमेरिकामा चिकित्सा सम्बन्धी अध्ययन गरिरहेका छन। यी दुबैबिच तीन वर्ष अगाडि चिनजान भएको थियो। चिनजान प्रेममा बदलियो र अब यी दुवै श्रीमान्-श्रीमती हुँदैछन्।

विवाह भने परिवारको सल्लाहमा हुन लागेको हो। यी दुवैको विवाह विराटनगरबाट हुँदैछ। नर्सिङ अध्ययन गरेकी रेश्माका प्रेमी डा.प्रभात पेशाले चिकित्सक हुन । उनी अमेरिकामा बस्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button