न्यूजिल्याण्डविरुद्ध भारतको शानदार सुरुवात, अय्यर र जडेजाद्वारा चौकाको वर्षा

काठमाडौंः न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्टमा भारतले उत्कृष्ट सुरुवात गरेको छ। उसले पहिलो दिनको खेल सकिँदा ८४ ओभरमा ४ विकेट गुमाएर २ सय ५८ रन बनाएको छ।

उसका लागि श्रेयस अय्यर र रवीन्द्र जडेजाले राम्रो ब्याटिङ गरिरहेका छन्। अय्यरले १ स ३६ बलमा ७ चौका र २ छक्कासहित नटआउट ७५ र जडेजाले १०० बलमा ६ चौकाको मद्दतमा अविजित ५० रन बनाएका छन्। अब शुक्रबार अय्यर र जडेजाले यहाँबाट पारीलाई अगाडि बढाउने छन्।

भारतका लागि शुभमन गिलले ५२, कप्तान अजिंक्य रहाणेले ३५, चेतेश्वर पुजाराले २६ र मयंक अग्रवालले १३ रन बनाए आउट भए।

बलिङमा काइल जेमिसनले ३ र टिम साउथीले १ विकेट लिए। भारत र न्यूजिल्याण्ड आईसीसीको टेस्ट वरियताका शीर्ष दुई टोली हुन्। देवैले केही महिनाअघि विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए।

फाइलनमा भारत पराजित भएको थियो। भारतसँग अब न्यूजिल्याण्डलाई आफ्नै भूमिमा हराउने मौका छ। न्यूजिल्याण्डसँग अब आफू डब्ल्यूटीसी च्याम्पियन मात्र नभएर विश्वकै उत्कृष्ट टेष्ट टोली हो भनेर प्रमाणित गर्ने मौका छ। हालै टी–२० सिरिज जितेपछि यो फर्म्याटमा जाने टोलीको मनोबल उच्च छ।

भारतबाट श्रेयस अय्यरले टेस्टमा  डेब्यू गरेका छन्। न्यूजिल्याण्डका लागि रचिन रवीन्द्रले डेब्यू गरेका छन्।

भारतको प्लेइङ–११

मयंक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे (कप्तान), श्रेयस अय्यर, रवीन्द्र जडेजा, ऋद्धिमान साहा (विकेटकिपर), रविचन्द्र अश्विन, अक्षर पटेल,  उमेश यादव र इशान्त शर्मा।

न्यूजिल्याण्डको प्लेइङ–११

टम लाथम, विल योग, केन विलियम्सन (कप्तान), रस टेलर, हेनरी निकोल्स, टम ब्लन्डेल (विकेटकिपर), रचिन रवीन्द्र, काइल जेमिसन, टिम साउथी, विल सोमरभिल र एजाज पटेल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker