एक महिला विवाहका दिन बेहुलीकै पोशाकमा परीक्षा हलमा प्रवेश गरेर परीक्षा दिएपछि………

काठमाडौँ : परीक्षा हुनु केही दिनअघिदेखि नै विद्यार्थीहरू तयारीमा लाग्छन् । पढाइको तयारी मात्रै होइन, व्यक्तिगत पोशाकका कुरादेखि लेख्ने सामग्रीसम्मको जोहो गर्छन् ।

तर भारतको गुजरातमा एक महिला विवाहका दिन बेहुलीकै पोशाकमा परीक्षा हलमा प्रवेश गरेको पाइएको छ ।

गुजरातको राजकोटमा विवाहकै दिन परीक्षा समयमा ती महिला कलेज पुगेकी थिइन् । परीक्षा दिइसक्ने बित्तिकै उनले विवाह मण्डपमा बस्ने समय मिलाइएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामक ती महिला स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिहे गर्नुपर्ने थियो, त्यसैले उनी बिहानै बेहुलीको पोशाक लगाएर परीक्षा हलमा आएकी थिइन् ।

शिवांगीले भनिन्, ‘मेरो बिहेको मिति तय हुँदा परीक्षाको तालिका आएको थिएन । अब मेरो भाग्य नै यस्तो रहेछ, बिहे हुने दिन नै परीक्षा हुने भयो । त्यसैले मैले परीक्षा पनि दिने र बिहे पनि गर्ने निर्णय लिएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker