टेष्ट डेब्यूमै श्रेयस अय्यरले बनाए अर्धशतक, गरे चौकाको वर्षा

काठमाडौंः न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्टमा भारतीय ब्याट्सम्यान श्रेयस अय्यरले अर्धशतक बनाएका छन्। उनले ९४ बल ६ चौकासहित अर्धशतक पूरा गरेका हुन्।

उनको यो पहिलो टेष्ट अर्धशतक हो। उनले आज मात्र टेष्ट क्रिकेटमा डेब्यू गरेका हुन्। भारत टस जितेर ब्याटिङ गरिरहेको हो।

भारतले ६८ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर २०२ रन जोडेको छ। उसका लागि शुभमन गिलले ५२, कप्तान अजिंक्य रहाणेले ३५, चेतेश्वर पुजाराले २६ र मयंक अग्रवालले १३ रन बनाए आउट भए।

भारत र न्यूजिल्याण्ड आईसीसीको टेस्ट वरियताका शीर्ष दुई टोली हुन्। देवैले केही महिनाअघि विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा गरेका थिए।

फाइलनमा भारत पराजित भएको थियो। भारतसँग अब न्यूजिल्याण्डलाई आफ्नै भूमिमा हराउने मौका छ। न्यूजिल्याण्डसँग अब आफू डब्ल्यूटीसी च्याम्पियन मात्र नभएर विश्वकै उत्कृष्ट टेष्ट टोली हो भनेर प्रमाणित गर्ने मौका छ। हालै टी–२० सिरिज जितेपछि यो फर्म्याटमा जाने टोलीको मनोबल उच्च छ।

भारतको प्लेइङ–११

मयंक अग्रवाल, शुभमन गिल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे (कप्तान), श्रेयस अय्यर, रवीन्द्र जडेजा, ऋद्धिमान साहा (विकेटकिपर), रविचन्द्र अश्विन, अक्षर पटेल,  उमेश यादव र इशान्त शर्मा।

न्यूजिल्याण्डको प्लेइङ–११

टम लाथम, विल योग, केन विलियम्सन (कप्तान), रस टेलर, हेनरी निकोल्स, टम ब्लन्डेल (विकेटकिपर), रचिन रवीन्द्र, काइल जेमिसन, टिम साउथी, विल सोमरभिल र एजाज पटेल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker