इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएपछि…

काठमाडौं। इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतको क’र्नाटक राज्यको एन्टि करप्सन ब्युरोले जारी गरेको यो भिडियो अहिले चर्चामा छ ।

एसीबीले यो छापा प’ब्लिक वर्क्स डिपार्टमेन्टका एक इन्जिनियरको घरमा मारेको थियो । भिडियोमा एसीबीका अधिकारीहरुले पाइपबाट पैसा र सुनका गहना निकालिरहेको देख्न सकिन्छ । जाँच एजेन्सीका अधिकारीहरुले क’लबुर्गीमा जेइ शा’न्तागौडा बिरादरको घरमा छापा मा’रेका थिए ।

शान्तागौडामाथि आफ्नो कार्यकालमा आयभन्दा धेरै सम्पत्ति जम्मा गरेको आरोप छ ।एसीबीले यो छापा एसपी महेश मेघनावरको नेतृत्वमा गरेको थियो । मिडिया रिपोर्टका अनुसार एसीबीले बिहान ९ बजे घरको ढोका ढ’कढक्याएको थियो । तर, बिरादरले ढोका खोल्न १० मिनेट लगाए ।

यसबाट एसीबीलाई उनले कतै पैसा लु’काएको शंका भयो ।छापा मा’र्ने क्रममा एसीबीले प्लम्बर बोलाएर पिभिसी पाइल का’ट्न लगायो । प्लम्बरले पाइप का’टेपछि त्यहाँ पैसा र गहना भेटिए । न्यू इण्डियन एक्सप्रेसका अनुसार उनको घरमा अ’वैध साढे १३ लाख रुपैयाँ भेटियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker