पेरिसमा नेहा कक्कड र रोहनप्रीत सिंहको लिपलक किस, भाइले दिए यस्तो प्रतिक्रिया (फोटो फिचर)

एजेन्सी । गायिका नेहा कक्कड यतिबेला पति रोहनप्रीत सिंशसँग पेरिसमा छुट्टी मनाइरहेकी छिन्। यस दौरान उनले केही तस्वीरहरु पनि शेयर गरेकी छिन्।

एक तस्वीरमा उनी र रोहनप्रीत लिपलक किस गरिरहेका छन्। नेहाले रातोक कलरको क्रप टप र बेल बटम पेन्ट लगाएकी छिन्। साथै रातो लङ कोट पनि लगाएकी छिन्। रोहनप्रीत सेतो सुटमा देखिएका छन्। नेहाले फोटो शेयर गर्दै लेखेकी छिन्, ‘मायाले भरिएको शहर, जुन निकै सुन्दर देखिएको छ।

तर, त्यतिबेला मात्र जब तिमी मेरो वरिपरि हुनेछौं। मेरो माया तिमीबिना केही पनि होइन। रोहनप्रीत सिंह।’ फोटोका ब्याकग्राउण्डमा एफिल टावर देखिएको छ। उक्त पोष्टको कमेन्टमा रोहनप्रीतले लेखेका छन्, ‘म तिमीलाई धेरै माया गर्छु, मेरी माया।’ नेहाका भाइ टोनीले कमेन्टमा लेखेका छन्, ‘पिक्चर अफ दि इयर।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker