अब देखि विद्यालयहरू ९ बजेदेखि ४ बजेसम्म संचालन हुने


काठमाडौं । नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । सरकारले देशभर लागू हुने गरी विद्यालय समय बिहान ९ बजेदेखि ४ बजेसम्म तोकेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशन दिएको छ ।यसअघि आधिकारिक विद्यालय समय १०–४ थियो ।

कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्षसहित विद्यालय समय हेरफेर गरिएको अधिकारीहरु बताउँछन् । खासगरी काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या बढेपछि विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा बताइएको छ ।यो निर्णय खासगरी निजी विद्यालय लक्षित छ । प्रायः सबैजसो बोर्डिङ स्कुलहरुले गाडीबाट विद्यार्थीहरु ओसार्छन् । सार्वजनिक, सरकारी, निजी र विद्यालयका गाडीहरुसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौं जाम हुने समस्या छ ।

Read also this

कोरोना भाइरस: युरोपमा रहेका अधिकांश नेपालीलाई कोठाभाडा तिर्नै मुस्किल

काठमांडौ,दुई महिनाअघि पोर्चुगल पुगेका बागलुङका छत्र अधिकारी यतिखेर घर न घाटको भने झैं भएका छन् । खेतीको काम गर्दै आएका उनी अहिले कोरोना भाइरस(कोभिड-१९) को प्रकोप बढेसँगै समस्यामा परेका हुन् । ठण्डीयाममा त्यसै पनि पोर्चुगलमा खेतीको काम उति हुन्न । भएका कर्मचारी पनि कोभिड-१९ को प्रभावले गर्दा निकालिएपछि उनी जस्ता दर्जनौं नेपाली कामविहीन भएका छन् ।सरकारी भत्ता लिन त्यहाँ कम्तीमा ६ महिना सरकारलाई कर तिरेर तलब लिएको प्रमाण पेस गर्नुपर्छ ।

६ महिना नपुगेकाले उनलाई पोर्चुगलको सरकारले सरकारी भत्ता दिँदैन । सरकारी मान्यताभित्र नपरेकालाई साहुले पनि कामबाट पनि सजिलै निकाल्ने गरेकाछन् । काम गर्ने इजाजत नपाएका यस्ता आप्रवासीलाई आवास र दैनिक गुजाराको भत्ता पनि सरकारले दिँदैन ।’पेपर बन्ला भनेर खेतीको काम गर्दै थिएँ। अब काम हुन्न भनेर साहुले बिदा दियो । मेरो पेपर पनि बिग्रिने भयो । भत्ता त झन पाउने कुरै भएन । होटेल रेस्टुरेन्टमा काम खोजौं टुरिस्ट नआएर चलेका छैनन् । पैसा कमाउन आएको उल्टो घरबाटै पैसा मगाएर खानुपर्ने भयो,’अधिकारीले गुनासो गरे ।इकान्तिपुर बाट

Leave a Reply

Your email address will not be published.

Back to top button