दिल्लीले यी दुई स्टार भारतीय खेलाडीलाई रिटेन नगर्ने

काठमाडौंः महान् स्पिनर रविचन्द्रन आश्विनले आगामी आईपीएल लिलामीमा दिल्ली क्यापिटल्सको टोलीलाई ठूलो प्रतिक्रिया दिएका छन्। आश्विनले दिल्लीको टोलीले दुई ठूला खेलाडीलाई रिटेन नगर्ने र ती दुई खेलाडी श्रेयस अय्यर र रविचन्द्रन आश्विन आफैं हुन्।

आईपीएलको रिटेन्सन नीति अनुसार पुराना आठ टिमले चार जनासम्म खेलाडीलाई रिटेन गर्न सक्नेछन्। यदि उनीहरूले चाहेमा तीन भारतीय र एक विदेशी खेलाडी वा दुई भारतीय र दुई विदेशी खेलाडी राख्न सक्छन्।

यसपटक कुनै पनि खेलाडीलाई राइट टु म्याच कार्डको व्यवस्था गरिएको छैन। आफ्नो युट्युब च्यानलमा प्रतिक्रिया दिँदै आश्विनले दिल्लीको रिटेन्सन नीतिको बारेमा एक बयान दिएका हुन्। उनले भने, ‘मलाई राखिने छैन। साथै श्रेयस अय्यर पनि रिलिज हुनेछन्।’

आश्विनले भने, ‘मलाई लाग्छ श्रेयस अय्यरलाई रिटेन नगरिने छैनन्। म पनि त्यो लिस्टमा छैन। यदि मलाई रिटेन गर्नुपरेको भए मलाई अहिले नै भनिसकेको हुन्थे।’

आईपीएलको आगामी सिजनबाट दुई नयाँ टोली अहमदाबाद र लखनउ थपिँदैछन्। यसपछि प्रतियोगितामा टोलीको संख्या १० पुग्नेछ। अब जम्मा ७४ खेल हुनेछन्।

दुई नयाँ टोलीको आगमनका कारण अर्को वर्ष मेगा लिलामी पनि हुने भएको छ। यस पटक लिलामीका लागि सबै टोलीको पर्स ९० करोडसम्म बढाउन सकिनेछ। यसअघि ८५ करोड मात्रै थियो।

टोलीले यसपटक धेरै दिग्गज खेलाडीलाई रिलिज गर्न सक्ने र दुई नयाँ टोली आउने भएकाले यसपटक पनि लिलामीमा बढीभन्दा बढी खेलाडीको बोली लाग्नेछ। लिलामीमा धेरै स्वदेशी तथा विदेशी स्टारहरु देखिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker