२१ बर्षिय पुजा फुयाँल बनिन सोलुखुम्बुबाट काङ्ग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिबेसनका लागी सोलुखुम्बुबाट फुजा फुयाँल महाधिबेसन प्रतिनिधि बन्नुभएको छ । आईतबार गोलाप्रथा मार्फत सोलुखुम्बुको नेचासल्यान निवासी २१ बर्षिय फुयाँल महाधिबेसन प्रतिनिधि छनौट हुनुभएको हो ।

महिला (खस÷आर्य) कोटामा टंकीमाया बस्नेत र फुयाँलको ४०३÷४०३ समान मत आएकाले गोलाप्रथा गर्दा फुयाँलले बाजी मार्नु भएको हो ।नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा फुयाँल निर्वाचित हुनुभएको थियो ।

फुयाँल जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधिका रुपमा हुनुहुन्छ । उहाँ नेपाल विद्यार्थी संघ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्य समेत हुनुहुन्छ ।उता नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रको अधिवेशनबाट सभापतिमा चयन हुने मैयाँ श्रेष्ठ लावती पहिलो महिला बनेकी छन्।

पाँचथरको प्रदेश सभा क्षेत्र ‘ख’ बाट उनले जित निकालेकी हुन्। श्रेष्ठले सभापतिका प्रतिस्पर्धी नगेन लामालाई पराजित गरिन्। विजयी श्रेष्ठले २७३ मत प्राप्त गरेकी थिइन् भने पराजित लामाले २०९ मत प्राप्त गरे। विजयी श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं उपकारको अध्यक्ष समेत हुन्। विजयी श्रेष्ठ संस्थापनइतर पक्षकी हुन्।

पाँचथरको प्रदेश ‘क’मा भोगिश्वर योङ्हाङ्ग विजयी भएका छन्। शनिबार भएको मतदानको नजिता आइतबार बिहान सार्वजनिक गरिएको थियो। पाँचथरको जिल्ला अधिवेशन सोमबार हुँदैछ। उता नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत महोत्तरीमा आठ क्षेत्र मध्ये चार क्षेत्रमा निर्वाचन सर्वसम्मत रूपमा टुंगिएको छ ।

बाँकी चार क्षेत्रमा विवादका कारण अझै सहमति जुट्न नसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।सहमति बनेका चार क्षेत्रबाट १८/१८ जना प्रतिनिधि चयन भएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले जानकारी दिए ।`बाँकी चार क्षेत्रमा सहमति जुटाउने गृहकार्य भइरहेको छ । सहमति नजुटेमा हामी निर्वाचन गर्ने छौं’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker