यी नायिकासंग तेस्रो बिवाह गर्दै आमिर

गत अगष्टमा बलिउड अभिनेता आमिर खान र उनकी निर्मात्री तथा लेखिका पत्नी किरण रावले अलग्गिने निर्णय लिँदा बलिउडसँगै आमिरका फ्यानहरुलाई झड्का लागेको थियो । सन् २००५ मा विवाह गरेको यो जोडीले १६ वर्षपछि अलग्गिने निर्णय लिँदा जोकोहीले दुःख मानेका थिए ।

किरण आमिरकी दोस्रो पत्नी हुन् । उनीहरुको छोरा आजाद छन् । आमिरको पहिलो श्रीमति रिना दत्ताका छोरा जुनैद र छोरी इरासँग किरणको उत्तिकै राम्रो सम्बन्ध छ ।

यतिबेला आमिरका फ्यानहरु उनको फिल्म ‘लालसिंह चड्डा’को तिब्र प्रतिक्षामा छन् । यो फिल्मको प्रतिक्षा भइरहँदा यतिबेला सामाजिक सञ्जालमा आमिरले तेस्रो विवाह गर्न लागेको चर्चा पनि उत्तिकै छ ।

सामाजिक सञ्जालमा आमिरले ‘लाल सिंह चड्डा’को रिलिज पछि विवाहको घोषणा गर्ने चर्चा छ । अहिले नै विवाहको घोषणा गर्दा फिल्मको बक्सअफिसमा पर्नसक्ने सम्भावित असरलाई मध्यनजर गर्दै आमिर चुप रहेको चर्चा उत्तिकै छ ।

आमिरले आफ्नै अघिल्लो फिल्मकी अभिनेत्रीसँग विवाह गर्न लागेको चर्चाले सामाजिक सञ्जाल गर्माएको छ । आमिर र किरणले सम्बन्धविच्छेद गरेको खबर सार्वजनिक हुनासाथ आमिरको नाम ‘दंगल’ अभिनेत्री फातिमा साना शेखसँग जोडिएको थियो । उनका फ्यानहरुले फातिमाकै कारण आमिरले किरणबाट अलग्गिने निर्णय लिएकोसम्म अनुमान गरेका थिए ।

वास्तविकतालाई हेर्ने हो भने आमिर र फातिमा निकै नजिक छन् । फातिमा आमिरलाई आफ्नो ‘मेन्टर’ मान्छिन् । उनीहरुले फिल्म ‘दंगल’ र ‘ठग्स अफ हिन्दुस्तान’मा सहकार्य गरेका छन् । आमिरले अहिलेसम्म आफूबारे सामाजिक सञ्जालमा भएको चर्चाबारे मुख खोलेका छैनन् ।

यी हुन् दोस्रो बिहे गरेका चर्चित बलिउड स्टार

बलिउड स्टार हरू खुला स्वभावका हुन्छन्। उनीहरू कतिपय अवस्थामा जीवनमा दर्शकले अपेक्षा नै गरेको निर्णय पनि लिने गर्छन्।

बलिउडमा थुप्रै यस्ता स्टारहरू छन् जसको पहिलो दाम्पत्य जीवन शुखमय हुन सकेन। र, उनीहरू दोस्रो बिहे गर्न पुगे। पहिलो श्रीमतिसँग सम्बन्ध विच्छेद भए पनि दोस्रो बिहेपछि भने उनीहरूको दाम्पत्य जीवन शुखसँग नै बितिरहेको छ।

फरहान अख्तर

बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले अधुना भबानीसँग २००० मा बिहे गरेका थिए। उनीहरूको सम्बन्ध १७ वर्षसम्म राम्रै चल्यो। तर, १७ वर्षको सहयात्रापछि उनीहरू अलगिन पुगे।

सम्बन्ध विच्छेतपछि फरहानको जीन्दगीमा शिवानी दान्डेकरके आगमन भयो। यतिबेला दुबैसँगै जीवन बिताइरहेका छन्।

सैफ अली खान

सैफ अली खानले आफूभन्दा निकै जेठी अमृता सिंहसँग बिहे गरे। बिहेका लागि सैफले नै अमृतालाई प्रस्ताव राखेका थिए।
तर, बिहेपछि दुवैको सम्बन्धमा तिक्तता बढ्नथाल्यो। अन्तत्वगत्वा १३ वर्षसँगै जीवन विताएका उनीहरू अलगिन पुगे।

‘टशन’ फिल्मको शुटिङ्का क्रममा सैफ करीना कपुरलाई मन पराउन थाले। र, २०१२ उनीहरू बिवाह बन्धनमा बाधिए। यतिवेला दुबैको जीवन राम्रैसँग वितिरहेको छ भने भने सैफ र करिना आमा-बुवा बन्ने भएका छन्।

अर्जुन रामपाल

अर्जुन रामपालले सुपर मोडेल मेहर जेसियासँग १९९८ मा बिहे गरेका थिए। दुबैको दाम्पत्य जीवन पनि राम्रैसँग चलिरहेको थियो। तर, विस्तारै सम्पन्धमा निक्तता पैदाहुनथाल्यो। र, २०१९ मा दुबै अलग हुन पुगे। पछि अर्जुनले गैब्रिएला डेमेट्रिएडससँग बैवाहिक जीवनमा बाधिन पुगे। उनीहरूको अहिले एक छोरा पनि छ।

आमिर खान

अमिर खानको जीवन पनि बैवाहिक तिक्तताबाट अछुतो रहन सकेको छैन। १९८६ मा उनले रीना दत्तासँग बिहे गरे। तर, उनीहरूको सम्बन्ध लामो समयसम्म टिक्न सकने। र, दुबैले छुट्टिने निर्णय गरे। जीवन यात्राकै क्रममा अमिर किरण रावलाई प्रेम गर्न पुगे। र, पछि उनीहरू दामपत्य जीवनमै बाधिए र पुनः उनीहरु छुटे अहिले तेस्रो विवाहको तयारीमा छन् अमिर।

बोनी कपूर

फिल्म निर्माता बोनी कपूरले मोना शौरीसँग बिहे गरेका थिए। तर, श्रीदेवीसँग काम गर्दागर्दै उनी उनैलाई मन पराउन थाले। श्रीलाई नै उनी आफ्नो साचो प्रेम ठान्न थाले। मोनासँग सम्बन्ध विच्छेद गर्दै बोनीले श्रीदेवीसँग नै बिहने गरे। तर, दुखको कुरा यतिवेला बोनीको साथमा श्रीदेवी र मोना दुवै छैनन्। श्रीदेवीको निधन भइसकेको छ।

धर्मेंद्र

बलिउड सुपरस्टार धर्मेन्द्रले पनि दुई बिहे गरेका छन्। तर, उनले अन्य अभिनेताले झै कसैसँग सम्बन्ध विच्छेद गरेनन्। फिल्मी दुनियामा आउनुभन्दा पहिले नै धर्मेन्द्र विवाहित थिए। तर, मुम्बई आइसकेपछि उनले हेमा मालिनिलाई मन पराउन थाले। हिन्दू धर्ममा दुई बिवाह गर्नु उचित मानिदैन। त्यसैले उनले इस्लाम धर्म अंगिकार गरेर हेमासँग दोस्रो बिहे गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker