बेनीमा पनि भूकम्पको धक्का महसुस


काठमान्डौ , म्याग्दीको सदरमुकाम बेनीमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार करिव ८ः४५ बजे धक्का महसुस गरिएका हो । भुकम्पको धक्का महसुस गरेपछि बेनीबजारमा सर्वसाधारण बाहिर निस्किएका छन्। सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा करिव दुई सेकेन्ड धक्का महसुस गरिएको हो ।यो धक्का कास्कीको लुम्ले केन्द्रविन्दु भएर आज साँझ गएको भूकम्प भूकम्पको धक्का रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रविन्द्र भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले आज साँझ ८ बजेर ४५ मिनेटमा भूकम्प गएको जानकारी दिनुभयो ।

उक्त भूकम्प गोरखा भूकम्पको पराकम्प हो या नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो ।भूकम्प पछी अधिकाम्स मानिसहरु घर बाहिर निसिएका थिए ।भूकम्पको धक्का कास्की, गोरखा, तनहुँ र लमजुङ,चितवन , नुवाकोट आसपासमा महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन ।

भूकम्प गएपछि मानिसहरु त्रासमा परेका छन् । सुतिरहेका उठेका थिए भने नसुतेकाहरु हतारीदै घर बाहिर निस्केका थिए ।गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५३८ भूकम्प गइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button