एमबीबीएस डाक्टरले जब गोबर खाए (भिडियोसहित) »

एमबीबीएस डाक्टरले जब गोबर खाए (भिडियोसहित)

नयाँ दिल्ली: भारतका एक डाक्टरले गो’बर खाएको भिडियो भाइरल बनेको छ। समाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा मनोज मित्तल नामका डाक्टरले गोबर खाएको दृश्य कैद गरेका छन्।

भारतको करनालमा बस्ने यी डाक्टरले धेरै वर्षदेखि गो’मूत्र पि’उने गरेको र गो’बर खाने गरेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।

डा. मित्तालले गोबरमा प्रचुर मात्रामा भिटामिन बी हुने गरेको भिडियोमा दाबी गरेका छन्। यसले मानव शरीरलाई विभिन्न रेडिएशनबाट बचाउने उनको दाबी छ। उनले गोबरमा २८ प्रतिशतसम्म अक्सिजन रहेको दाबी गरे।

उनले मोबाइल, एस्सी, फ्रिजलगायत चिजबाट नकारात्मक रेडिएशनहरु मानव शरीरमा आउने गरेको बताए। जसका कारण क्यान्सरजस्ता विरामी हुने गरेको उनले बताए।

उनले ग’र्भवती महिलाका लागि गोबर झनै उपयुक्त हुने दाबी गरे। उनले गर्भवती महिलाले गोबर र’स पिए डेलिभरीमा समस्या नआउने दाबी गरे। समाचार अनुसार उनी एमबीबीएस डाक्टर हुन्। उनको आफ्नै अस्पताल करनालमा रहेको छ। उनी बालबालिकासम्बन्धी विशेषज्ञ रहेको बताइएको छ।

भिडियो भाइरल बनेपछि समाजिक सञ्जालमा उनको विज्ञता र डिग्रीप्रति प्रश्न उठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button