चट्याङ लागेर म्याग्दीमा २ जनाको मृत्यु


म्याग्दी, २ चैत । उत्तरी म्याग्दीको खिवाङ गाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने २ जना नै घाइते भएका छन् ।

अन्नपूर्ण गाउँपालिका– ६ खिवाङकी ४१ वर्षीया यामकुमारी गर्बुजा र २६ वर्षीय रविन पुनको शनिबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति सुतिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाईते अवस्थामा भेटिएका दुवैजनालाई बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

खिवाङमै चट्याङ लागेर घाईते भएका २ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । शनिबार राति वर्षासँगै परेको चट्याङले जिल्लाका अन्य क्षेत्रमा समेत असर गरेको हुनसक्ने अनुमान गरिएको छ । Source:News24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button