सेल्फी खिच्ने क्रममा तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिकको शव फेला


धनकुटा, ३० फागुन । सेल्फी खिच्ने क्रममा धनकुटाको मुलघाटस्थित तमोर नदीमा खसेर बेपत्ता भएका २६ वर्षीय भारतीय नागरिक भिनित शर्माको शव फेला पारिएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरमा अध्ययनरत भिनित शर्मा फागुन २४ गते सेल्फी खिच्ने क्रममा तमोर नदीमा खसेका थिए ।

एक सातापछि शहीदभूमी गाउँपालिका वडा नं. १ स्थित गोपालपुरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा खटिएको टोलीले शुक्रबार दिउँसो भिनित शर्माको शव फेला पारेको हो ।

भिनित शर्मा नदीमा खसेको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट सशस्त्र प्रहरी नायक उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ अधिकृत विल्लादार र जवानहरु निरन्तर खोजी कार्यमा जुटेका थिए ।

सशस्त्र प्रहरी नायव उपरीक्षक कर्माचार्यका अनुसार तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्दार टोली आवश्यक उद्दार सामग्रीसहित खटिएको थियो । source:news24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button