निर्वाचित भएको ४ बर्षमा एउटा पनि विकास नगरेको भन्दै वडाध्यक्षलाई बिजुलीको पोलमा बाँधे


काठमाडौ । जनप्रतिनिधिमा निर्वाचित भएको ४ वर्ष वितिसक्दा पनि विकासका कामहरु नगरेको भन्दै स्थानीय जनताहरुले एक वडाध्यक्षलाई विजुलीको खम्बाले बाँधेका छन् ।

छिमेकी मुलुक भारतको विहार राज्यस्थित नेपाल भारतको सीमासँगै रहेको मधुवनी जिल्लाको यो घटना हो । जहाँ वडाध्यक्षलाई विकास नगरेको भन्दै बिजुलीको पोलमा बाँधेर घाममा तताएका छन् ।मधुवनी जिल्लाको मोहनिया नगर पँचाययमा विकास नभएको भन्दै स्थानीयहरुले आफ्नो रिस जनप्रतिनिधि उपर निकाल्न सुरु गरेको छ ।

बर्षाको मौसममा बाटोमा हिडन कठिनाई भएको भन्दै स्थानीय जनताहरुले वडाध्यक्षलाई बाँधेका हुन् ।मोहनिया नगर परिषदको वडा नम्बर १५ का वडाध्यक्ष इम्तियाज अँसारीलाई बिजुलीको पोलमा बाँधेको हो । उनलाई पोलमा बाँधेर यसको सूचना नगर पँचायतका अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई समेत दिएको बताइएको छ ।

वडा नं. १५ मा गल्लीमा सडक, नाला नभएको कारण बर्षायाममा आम नागरिकलाई सास्ती भोग्नपुपरेको छ । स्थानीयहरुलाई पैदल समेत हिडनको लागि समस्या भएपछि वडाध्यक्ष (वडा पार्षद्) लाई बिजुलीको खम्बासँग बाँधेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker