एमाले प्रवेशको हल्लाकैबीच करिष्मा मानन्धर केपी ओली निवास बालकोटमा


नेकपा एमालेमा प्रवेश गर्ने हल्लाकै बीच अभिनेत्री करिष्मा मानन्धर अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुग्नु भएको छ । नेकपा एमालेकी नेतृ एवं गायिका कोमल वली र कालकार जितु नेपालसहित मानन्धर ओली निवास बालकोट पुगेकी हुन ।

अध्यक्ष ओलीसँगको भेटपछि कैद गरेको तस्बीर सार्वजनिक गर्दै मानन्धरले फेसबुकमा लेखेकी छिन, ‘उहाँको नजिक बसेर विविध विषयमा उहाँको बिचारहरु सुन्दा आनन्द आयो , सबै क्षेत्रका मानिसहरूलाई उत्तिकै महत्त्वका साथ लिनुभएकोमा र चासो मानेर कुरा सुनिदिनु भएकोमा आदरणीय के।पी ओली ज्युलाई धेरै धन्यवाद ।’

मानन्धरले ओलीको विचार सुन्द आफूलाई आनन्द आएको बताएकी छिन । उनले ओलीले सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्व दिएको पनि बताएकी छिन ।

यो पनि पढ्नुहोस –गैरआवासीय नेपाली संघ (एनआरएन) विवादमा टिप्प्णी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले एनआरएन अभियानलाई क्षतिविक्षत तुल्याउन लागिपरेको आरोप लगाएका छन् ।नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा बुधबार बोल्दै ओलीले सरकारले एनआरएन हुन नदिएर फाटो पार्ने काम गरिरहेको समेत बताए ।

परराष्ट्र मन्त्रालय आदेशलाई तामेली गर्ने अड्डामा रुपान्तरण भएको टिप्पणी गर्दै ओलीले सरकारले एनआरएनले ल्याउन लागेको १० अर्ब लगानीलाई रोकेकोे समेत बताए ।‘यस्तै हुन्छ लोकतन्त्र, सरकार र पार्टी ? अरुलाई लाज नलागेपनि कांग्रेसलाई लाज लाग्नुपर्ने हो’

ओलीले भने, ‘कांग्रेस र अन्य दुई पिछलग्गु पार्टी एनआरएन अभियानलाई क्षतविक्षत बनाउन लागिपरेका छन् ।’ओलीले भने, ‘सक्छौ भने एमालेसँग ल’ड्न आऊ, एनआरएनसँग हैन ।’ परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि एनआरएनको दशौं विश्व सम्मेलन र महाधिवेशन स्थगित भएको छ ।

आगामी ६ महीनाभित्र चुनाब गर्ने एनआरएनको तयारी छ ।जापान लगायतका केही राष्ट्रिय समन्वय समितिमा संस्थापनले धाँ’धली गरेको भन्दै आफूकहाँ उजुरी परेपछि परराष्ट्रले वि’वाद साम्य नभएसम्म चु’नाव नगर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker