आफैले जन्माएको छोराहरुलाई पाल्न सक्छस् भने पाल सक्दिनस् भने छतमा लगेर त ल झा’रिदे भन्दै श्रीमानले भने पछी


मलाई श्रीमती र छोराछोरीको कुनै वास्ता छैन । पाल्न सक्छस् भने पाल पाल्न सक्दिनस् भने छतमा लगेर त ल झा’रिदे श्रीमानले यस्तो भनेपछि श्रीमती रुँदै मिडियामा आएकी छन् । पहिला त जसरी पनि छोराहरु हुर्काउँछु भन्ने लागेको थियो तर लकडाउनमा दुई छाक पनि खान दिन नसकेपछि उनले देह त्याग ग र्ने प्रयास पनि गरेकी थिइन् । उनका श्रीमान दुवईमा छन् ।

श्रीमानलाई हामीलाई समस्या भयो भनेर फोन गर्दा तेरो उमेर छंदै अर्को केटा खोजेर जा, पछि झन अप्ठेरो हुन्छ, मलाई तेरो मतलब छैन भनेर जवाफ दिएको श्रीमतीको भनाई छ । उनका दुई छोरा छन् । छोरालाई हुर्काउन र दुई छाक खान पनि दिन नसक्ने अवस्था भए पछि उनले आफ्नो समस्या सार्वजनिक गर्न मिडिया गुहारेकी छन् ।

पोखराकी यि महिलाका श्रीमान करिब ६ वर्ष देखि सम्पर्कमा छैनन् । उनले अर्कैसंग विवाह गरेर जा भन्ने जवाफ दिएर सम्पर्क विहिन भएका हुन् । उनीहरुले प्रेम विवाह गरेका थिए । निमकुमारी घर्ती अहिले पनि श्रीमानलाई सम्झेर रोइरहन्छिन् । कुरा गर्नु अघि नै उनको आँशु आउँछ । संगै हुँदा पनि तिमी पातली भयौ, नराम्री भयौ म अब सुन्दर र अलि मोटी युवती विवाह गर्छु भन्थे । माथिल्लो जातको विवाह गर्छु भनेर चेतावनी दिने गर्थे ।

उनी नेपालमै छंदा पनि अन्य युवतीको पछि लाग्ने गरेका थिए । अहिले पछिल्लो ३ वर्ष देखि दुवई गएपछि सम्पर्क विहिन भएका छन् । उनले ३ वर्ष अघि मेरो छोरालाई घरमा लगेर राखिदे तँ उमेर हुँदै अर्को केटासंग विवाह गरेर जा भनेर भनेको बताइन् । त्यस यता उनीहरुको सम्पर्क भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker