यि हुन् सपथ खानेबेलामै मन्त्रिको लिष्टवाट नाम हटाइएका ३ नेता


काठमाडौ । प्रधानमन्त्री शेरवहादुर देउवा गठबन्धनको सरकारको प्रधानमन्त्री बने लगत्तै मन्त्री बन्ने लिष्टमा रहेका ३ नेताको अन्तिम अवस्थामा आएर पद खुस्किएको छ । उनीहरु लगातार मन्त्री लिष्टमा छाइरहे । पटक पटक अवसर पाएका उनीहरुको यो पटक पनि चर्चा छाइरहेको थियो ।

तर अन्तिम अवस्थामा उनीहरु मन्त्रीमा अटाएनन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका एक एक जना नेतालाई शुक्रवार निकै नमज्जा लाग्यो ।सरकार बनेयता उनीहरु मन्त्री बन्ने पक्कापक्की जस्तै थियो । तर मन्त्रीको सपथ खानेबेलामा भने उनीहरु छुटे ।

ति मध्य एक हुन् माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेल। अझ उनले माओवादीबाट सरकारमा नेतृत्व गर्ने समेत चर्चा चलेको थियो । शेरवहादुर देउवाले सुरुमा माओवादीलाई ६ मन्त्रालय दिने आश्वासन दिएका थिए ।

तर गठबन्धनमा भाग मिलाउँदा माओवादीको भागमा ५ मात्र पर्यो । जसका कारण उनी मन्त्रीमण्डलमा अटाएनन् । माओवादीले यस अघि मन्त्री नबनेकाहरुलाई मन्त्री बनाउन प्राथमिकता दिएका कारण पनि उनी परेनन् ।

गजुरेल यसअघि कृषिमन्त्री बनिसकेका थिए। माओवादीका तर्फवाट शुक्रवार शिक्षामा देवेन्द्र पौडेल, भूमि व्यवस्था तथा सहकारीमा शशी श्रेष्ठ र युवा तथा खेलकुदमा महेश्वरजंग गहतराज मन्त्री बनेका छन्। दुई जना यस अघि नै मन्त्री बनिसकेका छन् ।

त्यस्तै अर्को सँधै चर्चामा रहेको नाम हो नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् मेटमणि चौधरी। उनी पनि पार्टीको तर्फवाट मन्त्रीको लिष्ट टुंगोमा पुग्दा सम्म पनि लिष्टमा अटाएका थिए । तर सो पार्टीले ४ मात्र मन्त्री र एउटा राज्य मन्त्री भागमा परेपछि उनी पछि हट्नु पर्यो । उनी सुरुदेखि नै ओलीसँग मिल्न सकिँदैन, एमाले विभाजन गर्नैपर्छ भन्ने पक्षमा खरो रुपमा उभिएका थिए।

मन्त्री बन्ने चर्चामा रहेका अर्का नेता हुन् मोहम्मद इस्तियाक राई । जसपाका उनी प्रभावशाली नेता हुन् । उनी मन्त्री समेत भइसकेका हुन् । शुक्रवार जसपाबाट राजेन्द्र श्रेष्ठ नेतृत्वमा रेणु यादव, रामसहाय प्रसाद यादव र महिन्द्र राय यादव मन्त्री बनेका छन्। यसअघि उनी २०६८ सालमा श्रम तथा यातायात व्यवस्थामन्त्री र २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहरी विकासमन्त्री भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker