वारणसी मन्दिरको मूर्तिमा लगाइयो ‘मास्क’, कारण थाहा पाए पर्नुहुनेछ चकित !


एजेन्सी, अहिले नेपालमा कोरोनाको प्रभावका कारण माक्सको अभाव छ । पसलमा माक्स किन्न पनि पाइदैन । ब्यापारीहरुले भएका माक्स पनि महंगो मुल्यमा बेच्न थालेका छन् । तर कोरोनाभाइरसले विश्व नै प्रभावित भइरहेको समयमा भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा भने अचम्मको घटना भएको छ ।मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् । उनमा धार्मीक विश्वास यति थियो की उनले भगवानलाई कोरोना लाग्न सक्ने भन्दै माक्स लगाइदिएका छन् । अहिले भारतमा कोरोना प्रभावितको संख्या दिनहुँ बढ्न थालेको छ ।

वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेले मानिसलाई माक्सको महत्व बुझाउन र जागरुक बनाउन आफुले भगवानलाई माक्स लगाइदिएको बताएका छन् ।कोरोनावाट बच्न माक्स पञ्जा अनिवार्य रुपमा लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् । तर जनचेतनाको अभावका कारण कतिपयले नलाएको हुँदा उनले मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको बताए । मानिसलाई जस्तै मुर्तीलाई पनि मानिसको सम्पर्कवाट टाढा रािखएको छ । मन्दिरका पुजारीले भगवानको मूर्तिलाई हातले नछुन पनि अपिल गरेका छन् ।मानिसहरुले संकटको बेलामा भगवानलाई सम्झने र मन्दिरमा पुगेर प्रार्थना गर्ने प्रचलन छ ।

त्यसैले धार्मीक महत्वका स्थानमा मानिसको आवागमन बढी हुन्छ । सोही कुरालाई मध्यनजर गरेर मन्दीरका भगवानलाई पनि माक्स लगाइदिएको पुजारीले बताएका छन् । सर्वसाधारणमा यस्तो संकट आइपरेको अवस्थामा मन्दिरमै जनचेतानामूलक गतिविधि गरिएको पुजारी पाण्डेको भनाइ छ ।पछिल्लो समय मन्दिरमा आउने भक्तजनहरुले समेत मास्क लगाउन थालेको र हातले नछोइकन टाढैबाट पूजा गर्न थालेको उनको भनाइ छ । मन्दीरमा अपनाउने नियमले अरुबेला पनि कोरोनाबाट बच्न मानिसले सोही नियम अवलम्बन गर्ने आफुले विश्वास लिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published.

Back to top button