हुम्लामा हिमपात, अत्याधिक चिसोले जनजीवन प्रभावित


हुम्ला, फाल्गुन–२८। हिमाली जिल्ला हुम्लामा बुधवार बिहानबाट पुनः हिमपात शुरु भएको छ । हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लाको नाम्खा र सिमकोट गाउँपालिका सहित जिल्लाको उत्तरी क्षेत्रमा बुधवार बिहान ६ बजेदेखि लगातार हिमपात भइरहेको छ ।

हिमपात हुँदा स्थानीय बासिन्दालाई घर बाहिर निस्कन र घरायसी कामकाज गर्न सकस भएको छ । चिसोका कारण नेपालगंज र सुर्खेतबाट सिमकोटको लागि हुने हवाई सेवा समेत बन्द भएको छ । हिमपातका कारण मोबाइल फोनले राम्रो काम गरेको छैन ।

यद्यपि किसान भने हिमपातले बाली फस्टाउने भन्दै खुशी भएका छन् । स्याउका बिरुवा रोप्ने बेला भएको तथा बर्षे बालीका लागि खेतबारी जोत्ने बेला भएकाले उनीहरु खुशी भएका हुन् । मंगलबार रातिबाट मौसममा परिवर्तन हुँदा बुधबार बिहानबाट हिमपात सुरु भएको हो ।

मौसममा आएको बदलीसंगै एक्कासी हिमपात शुरु भएर जमिनमा हिउँ जम्न थालेको हुम्ला प्रहरी प्रमुख रामप्रसाद घर्ति मगरले बताए । Source:News24nepal

Leave a Reply

Your email address will not be published.

Back to top button