७० तोला सुन चोरी भएपछी करोडौ घाटा, करोडपतिवाट एकैपटक सडकको बास (भिडियो हेर्नुस्)


नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ काँग्रेस चोकमा शनिबार राति सुनचाँदी पसलबाट ८० तोला सुन र ८ लाख नगद चोरी भएको छ । काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ८० तोलाभन्दा बढीको सुन र ८ लाख नगद चोरी भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । पसलबाट शनिबारराति ७० देखि ८० तोला सुन र ८ लाख नगद चोरी भएको पसलका सञ्चालक उमेश गहतराजले जानकारी दिए ।

राति नै पसलमा चोरी भएको भए पनि विहान पसल खोल्न आउँदा पसलमा चोरी भएको आफूले थाहा पाएको उनले बताए । इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए । थापाका अनुसार प्रहरीले चोरी भएको पसलमा रहेको सिसिटीभि र पुलचोक सहितको सिसीटिभी फुटेको निगरानीबाट घटनाको सुक्ष्म ढंगले अध्ययन गरिरहेको छ ।

सिसिटिभी फुटेजमा ३ जना युवाहरु मिलेर पसल चोरी गरेको र माक्स प्रयोग गरेको फेला परेको र सोहीको आधारमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । चोरी गरेर समान गरिएको ठेला बरामद गरे पनि चोरी भएको समान र चोर भने पक्राउ पर्ने सकेको छैन ।

Leave a Reply

Your email address will not be published.

Back to top button