अनुमतिबिना छोरीको कपाल का’टेको भन्दै बुवाद्वारा विद्यालयवि’रुद्ध १० लाख डलर क्षतिपूर्तिको मु’द्दा


एजेन्सी। संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिनाअनुमति का’टिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति दा’बी गरेका छन्। उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मुद्दा हालेका छन्।

जिमी हो’फ्मेयरले मिश्रित वर्णकी आफ्नी छोरीको संवैधानिक अधिकार ह’नन भएको दा’बी गरेका छन्। उनले छोरीलाई मिशिगनस्थित उक्त विद्यालयबाट नि’कालेका छन्। स्थानीय शैक्षिक प्रशासनले गत जुलाई महिनामा एउटा अनुसन्धान गर्दै उक्त विद्यालयकी

एक शिक्षिकाले विद्यालयको नीति उ’ल्लङ्घन गरेको तर उनले सा’म्प्रदायिक पूर्वाग्रहका कारण त्यसो नगरेको निष्कर्ष निकालेको थियो। ती शिक्षिकालाई नसिहत दिइएको थियो तर उनलाई उक्त विद्यालयमा काम गर्न रोकिएको थिएन। हो’फ्मेयरले अ’सोसिएटिड प्रेसलाई बताएअनुसार

गत एप्रिलमा उनकी छोरी जर्नी घर फर्किँदा उनको टाउकोको एउटा भागमा अधिकांश केश का’टिएको थियो। उनले विद्यालयको बसमा छोरीका एक सहपाठीले जर्नीको घु’म्रिएको लामो केश काट्न कैँची च’लाएको बताए। बि’ग्रिएको केश मिलाउन उनलाई हजामका

लगिएको भए पनि दुई दिनपछि जर्नी विद्यालयबाट फर्किँदा अर्को भागको केश पनि का’टिएको थियो। जर्नीका बुवाले त्यस्तो काम अर्को विद्यार्थीले गरेको ठानेका थिए। तर छोरीले भने त्यसो शिक्षिकाले गरेको बताइन्। उनले एपीलाई बताएअनुसार ती शिक्षिकाले दुवैतिरको केश बराबर बनाइदिन त्यसो गरेकी थिइन्।

पश्चिम मिशिगनस्थित एउटा सङ्घीय अदालतमा दायर मु’द्दामा माउन्ट प्लीजन्ट पब्लिक स्कूल्स र दुई शिक्षक प्र’तिवादी बनाइएको छ। उक्त मुद्दामा ती बालिकाको सं’वैधानिक अधिकार ह’नन भएको तथा र’ङ्गभेद, जा’तीय त्रा’स, मनोवैज्ञानिक अस्थिरताका लागि नि’यतवश व्यवहार र आ’क्र’म’ण गरिएको आरोप लगाइएको छ।

शैक्षिक प्रशासनले “आफ्ना कर्मचारीहरूलाई राम्रोसँग तालिम, अनुगमन, निर्देशन, अनुशासनमा राख्न असफल” भएको आरोप पनि छ। ती आरोपबारे कुनै औपचारिक उत्तर आएको छैन र विद्यालय प्रशासनले कुनै सार्वजनिक प्रतिक्रिया जनाएको छैन।बीबीसी :नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker