यसकारण एयरलायन्सको एउटा उडानबाट बाहिर निकालीईन यी महिला


अमेरिकामा पहिरन नराम्रो भन्दै रे लिन होवार्ड नामक एक युवतीलाई अलास्का एयरलायन्सको एउटा उडानबाट ज’ब’र्ज’स्ती निकालिदिएको टिकटक भिडियो भाइरल भएको छ। लुगा लगाएकै मिल्दैन भनेर उनलाई पहिला फ्लाइट एटेन्डेन्टले विमानबाट ओर्लिन अनुरोध गरेकी थिइन्। त्यसपछि उनलाई प्रहरी प्रयोग गरेर विमानबाट निकालिएको हो।

सुरूमा ह्वाइट क’ट्टु र क्रोप टि– सर्ट लगाएकी होवार्डले सिटमा बसिसकेपछि आफूले सर्ट खोलेर स्पार्टस ब्रा मात्र लगाएको कुरा स्वीकारेकी छन्। उनले फ्लाइट एटेन्डेन्सको अनुरोधअनुसार आफूले पुनः कमिज लगाएको तर फेरि एयरलाइन्सका कर्मचारीहरूले पेट देखाएको भन्दै लुगाकै विषयलाई लिएर अनावश्यक कि’चकि’च गरेको बताएकी छन्।

भिडियोमा एकजना अधिकारीले कुनै अ’पराध कार्यका लागि नभई पोशाक नियमको कारणले उनलाई विमानबाट निकालिएको बताएका छन्।संगीतकार होवार्डको यो भिडियो १३ लाखभन्दा बढीपटक हेरिईसकेको छ। एजेन्सी

थप समाचार : काठमाडौंमा असोज ४ गतेदेखि यी ठाउँहरुमा भेरोसेलको दोस्रो मात्रा लगाइदै

काठमाडौं– काठमाडौं जिल्लामा भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो डोज असोज ४ गतेदेख लगाइने भएको छ। पहिलो डोज भेरोसेल लगाएकाहरुलाई ४ गतेदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ। खोप लगाउनका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ।

यस्तै, कीर्तिपुर नगरपालिकाका १०, चन्द्रागिरी नगरपालिकाका १५, नागार्जुन नगरपालिकाकाको १०, तारकेश्वर नगरपालिकाको ११ ठाउँमा खोप केन्द्र तोकिएको छ। दक्षिणकाली नगरपालिकाको ९, बुढानीलकण्ठ नगरपालिकाको १३, टोखा नगरपालिकाको ११, गोकर्णेश्वर नगरपालिकाको ९, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा खोप केन्द्र तोकिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा थप खोप केन्द्र तोकिएको छ।

दोस्रो डोज खोप लगाउनका लागि पहिलो डोज खोप लगाएको कार्ड देखाएर आफ्नो नजिकको खोप केन्द्रमा जान सकिने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker