यिनै हुन् पोर्चुगलबाट खुसि हुदै नेपाल फर्केका श्रीमान श्रीमती हिजो दुर्घटना हुदा अकालमै गुमाए ज्यान


काठमाडौं ।  काठमाडौंबाट ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका जादै गरेको डबल क्याबको बोलेरो हिजो रामेछापमा दुर्घटना ग्रस्त हुँदा एकै परिवारका दुई सहित तिन जनाको मृत्यु भएको थियो ।

प्रदेश ३- ०१-०२३ च ३५१३ नं प्लेट भएको उक्त बोलेरो रामेछापको मन्थली नगरपालिका वार्डनं ६ को कुनौरी बोक्से भिरबाट करिब ७०० मिटर तल रहेको तामाकोशीको किनारमा अचनाक ख’स्न पुग्दा बोलेरोमा सवार ओखलढुङ्गा जिल्ला खिजी देम्बा गाउँपालिका वार्डनं-६ साल्मेका ३३ बर्षका लाक्पा शेर्पा, उनकी श्रीमती २८ बर्षकी फुर्बा शेर्पा र बोलेरो चालक सोही गाउँ पालिका वार्डनं २ बिला गैह्रा बस्ने अन्दाजी ३६ बर्षका वाङछे शेर्पाको घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका मृतक दम्पत्तीका ६ बर्षिय बालक दावा शेर्पाको रामेछाप सदरमुकाममा रहेको तामाकोशी अस्पतालमा उपचार सम्भव नभए पछी घाईते बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बोलेरो दुर्घटनामा परी मृत्यु बरण गरेका लाक्पा शेर्पा र उनकी श्रीमती फुर्बा शेर्पा दुवै जना यस अघि कामका सिलसिलामा पोर्चुगलमा रहँदै आएका थिए ।

यसै क्रममा लाक्पा शेर्पा पोर्चुगल बाट ४ दिन अघि मात्र नेपालमा आएका थिए भने उनकी श्रीमती फुर्बा शेर्पा ६ महिना अघि नेपाल आएका थिए । खिजी देम्बा गाउँ पालिका वार्डनं-६ साल्मेमा रहनु भएका बाबा सर्की शेर्पा, आमा लगायत परिवारका सदस्यहरूलाई दर्शन भेट गर्न काठमाडौंबाट बोलेरोमा सवार भई बिहान खिजी देम्बा गाउँ पालिका वार्डनं-६ साल्मे जादै गरेका पोर्चुगलको ग्रिन कार्ड होल्डर लाक्पा शेर्पा दम्पत्तीको घर पुग्ने मात्र होइन पोर्चुगल फर्केर जाने लगायतका सारा सपनाहरू अधुरै रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker