आज यि स्थानमा भारी वर्षा हुने, मौसमविद्ले दिए यस्तो चेतावनी


काठमाडौ । केही दिन यता फेरी मनसुन सक्रिय भएको छ । जसका कारण मुलुकका केही स्थानमा वर्षा जारी छ । बीहीबार नेपालको मौसममा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

जसका कारण बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी तथा सुदुर पश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । वाढी पहिरोको जाखिम हुने भएकाले सतर्क रहन मौसमविद्ले चेतावनी दिएका छन् ।

राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो जस्तै राति पनि सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

थप समाचार : टिकटक बनाउँदा यसरि सेती नदीमा ख’सेकी रहेछिन्, भिडियो भयो सार्बजनिक

काठमाडौं। टिकटक आजभोली सबैको लोकप्रिय बनेको छ, बच्चा देखि बुढापाकाहरु पनि टिकटक मा देखिन थालेका छन। मानौ कि आजभोलि टिकटक बनाउने होडबाजी नै चलेको छ। अझै भन्नु पर्दा भिडियो भाईरल गराउनका लागि मानिसहरु हदै सम्मको हर्कत गर्न पछी पर्दैनन् ।

त्यस्तै घटना अहिले सार्बजनिक भएको छ टिकटक बनाउने क्रममा एकजना युवती सेती नदीमा ख’सेर बेप’त्ता भएकि छिन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पुल्चोकस्थित सेती नदीमा ख’सेर पाँच दिनअघि मात्रै बिहे गरेकी १९ वर्षीया पवित्रा लम्साल बेप’त्ता भएकी हुन्।

बेप’त्ता भएकी युवतीको माइती लालिम हो। मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका-८ लालिम घर भएकी पवित्रा माइती आएर टिकटक बनाउन सेती किनार पुगेकी थिइन् । सेतीको किनार स्थित रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए।

उनीसँग अन्य दुई जना साथी पनि थिए। लम्साल नदीमा ख’सेपछि प्रहरीलाई दिउँसो २ बजे खबर आएको थियो।नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’भन्दै रो’क्न खोजेका थिए।

बेप’त्ता पवित्राको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिएका छन्। दिनअघि विवाह गरेकी लम्साल दुलहन फर्काउन माइत आएकी थिइन् । लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker