फेरी श्रीमानसँग रोमान्टिक मुद्रामा प्रियंका (फोटो फिचर)


नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । परिवारमा नयाँ खुशीको प्रतिक्षामा छन् ।नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा खुशी व्यक्त गरिरहेकी हुन्छिन् ।

कहिले साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर उनलाई खुशी दिन्छन् त कहिले पति तथा परिवारले । नायिका कार्कीले यो वर्ष आफ्ना लागि निकै नै खुशीको वर्ष रहेको र आफूहरुले खुशी साटिरहेको बताउने गरेकी छिन् ।प्रियंकाले आयुष्मानको साथले आफ्नो पेटमा एउटा यस्तो जीवन हुर्किरहेको उल्लेख गर्दै यसलाई प्रेम, खुशी, सन्तुष्टि र नयाँ सुरुवातका लागि तयार रहेको उल्लेख गरेकी छिन् ।

नायिका कार्कीले परिवारमा आउने नयाँ सदस्‍यलाई स्वागत गर्नका लागि आतुर रहेको बताएकी छिन् ।उनीले शेयर गरेको कन्टेन्टमा हजारौं नराम्रो टिप्पणी पनि नआउने हैन । तर उनी ती कुराहरुको कुनै वास्ता नगरी बिन्दास रूपमा उनी समय बिताइरहेकी छन् ।पछिल्लो समय उनी राखी बन्धनमा भाइहरुलाई राखी बाध्न मामा घर पनि पुग्छिन्,

आफ्नो युट्युव च्यानलको लागि अन्तर्वार्ता तयार गर्न पनि भ्याउँछिन् साथै उनी कमेडी क्लबमा उपस्थित हुन पनि पुग्छिन् । भने बिभिन्न रोमान्टिक तस्बिरहरूपनि शेयर गरिरहन्छिन् ।यसैक्रममा पछिल्लो पटक उनले श्रीमानसँग खिचेका तस्बिरले निकै चर्चा पाइका छन् । तस्बिरमा उनि निकै रोमान्टिक मुडमा देखिएकी छन् ।

नयाँ जीवनलाई धर्तीमा ल्याउँदै छु भनेर ‘पावरफूल’ फिल गराउँछ-मेरो गर्भमा रहेको बच्चाले यस धरतीमा पहिलो पाइला राख्दै छ । यो माटोमा प्रथमपटक टेक्ने उसको कोमल खुट्टाको कल्पना गरेर बस्छु ।उसको पाइला कहाँ पुग्ला, कस्तो मान्छे बन्ला, कसरी जिउँछ होला ! ऊ एउटी आमाको सन्तान मात्रै होइन, सपना पनि हो ।

ऊ जन्मिसकेपछि कस्तो होला, कसरी हेरचाह गर्ने भनेर सोचिसकेकी छैन मैले । जिन्दगी त उसको हो । ऊ आफ्नै मर्जीमा बाँच्ने हो उसले । ऊ आफ्नै सपनासँग जिउने हो । भोलि उसको आफ्नै पहिचान, तरिका र शैली हुन्छ । यो संसारमा उसलाई स्वागत गर्न व्यग्र प्रतीक्षारत छु ।

उसको स्वभाव, बानीबारे केही सोचेकी छैन । ऊ नजन्मिएसम्म यसबारे केही भन्न सकिन्न । बच्चा जन्मेपछि उत्तरदायित्व हुन्छ, जिम्मेवारी हुन्छ, त्यो निर्वाह गर्नुपर्छ ।दुःख दिने पनि होला अथवा नदिने पनि होला । अहिले नै केही अनुमान गरेकी छैन । त्यो आफैँले प्रत्यक्ष भोगेपछि मात्रै थाहा हुने हो ।

जस्तो बानी भए पनि ९ महिना गर्भमा बोकेर जन्माएको बच्चा एउटी आमाका लागि सबैथोक हो ।म पेटमा चलमलाएको बच्चालाई सुम्युम्याउँछु । बच्चालाई सुमसुम्याउँदा भावुक पनि हुन्छु । सँगै उत्साहित पनि हुन्छु । सोच्छु, उसले आफ्नो नामलाई अगाडि लैजानेछ साथै हाम्रो नामलाई पनि ।

यो बच्चा श्रीमान् र मैले मायाले हुर्काएको सपना हो । चाहे सानो हुँदा होस् वा ठूलो हुँदा, जीवनभर सँगै हुनेछ । त्यसैले पनि उसलाई जन्म दिँदा सोच विचार गरेर नै जन्म दिइएको हुन्छ ।यो धरतीमा नयाँ जीवनलाई ल्याउँदै छु भन्ने भावनाले ‘पावरफूल’ फिल गराउँछ ।

भोलि ऊ खुसी हुने आफ्नै कारण हुन्छन् । उसको रुचि र चाहना आफ्नै हुन्छ । जबजब म ऊ पनि मजस्तै अर्को मानिस हो भन्ने सोच्न थाल्छु, इ-मोसनले भरिएको फिल आउँछ । इसिधाकुरा बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close