कोरोना भाइरस: साउदीले पनि लगायाे ९ देशका नागरिकलाई प्रतिबन्ध


काठमाडौं,साउदी अरेबियाले पनि ९ देशमा आवतजावतमा प्रतिबन्ध लगाएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै साउदीले आजै (सोमबार)देखि लागू हुने गरी यस्तो निर्णय गरेको गरेको गल्फ न्युजले जनाएको छ। प्रतिबन्ध लगाइएका देशमा यूएई, कुवेत, बहराइन, इजिप्ट, इराक, लेबनान, इटाली, दक्षिण कोरिया र सिरिया छन्। आइतबार नै साउदीले त्यहाँका विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको थियो। त्यहाँका शिक्षामन्त्री हमाद अल शेखले कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर थप निर्णय गर्दै जाने बताएका छन्।

त्यस्तै कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो । कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।सोमबार बिहानसम्म कतारमा १५ जनामा संक्रमण पुष्टिभएको छ ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनिकोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ । तर ती कुन देशका नागरिक हुन् भन्नेबारे केही जानकारी दिइएको छैन । कतारमा झन्डै चार लाखनेपाली कार्यरत छन् । कतारमा झन्डै सयभन्दा बढी मुलुकका कामदार छन् ।गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १०० भन्दा देशमा फैलिइसकेको छ । सोमबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २८ जनाको मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । करिब ६२ हजार भने निको भएका छन् ।

Leave a Reply

Your email address will not be published.

Back to top button