सुनको भाउ घट्यो, तोलाको कति ?


काठमाडौं,भदौ २४ । नेपाली बजारमा सुनको भाउ बिहीबार पनि ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २१० रुपैयाँमा कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

थप समाचार : यस्तो रह्यो ओली पत्नी राधिकाको बालकोटमा एमालेका महिला सांसदलाई दीईएको दर !

काठमाडौं । नेकपा एमालेका सांसद तथा महिला कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले दर खुवाएर तीजको शुभकामना दिएका छन् । संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरीसहितका सांसदहरु र महिला नेताहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए । दरको कार्यक्रम भने ओली पत्नी राधिका शाक्यले आयोजना गरेको र शाक्यकै निम्तोमा आफूहरु दर खान गएको एमाले सांसद निरु पालले बताइन् ।

तीजको दर खाने दिन पारेर शाक्यले आयोजना गरेको कार्यक्रममा सांसदहरु राधा ज्ञवाली,डा.शिवमाया तुम्बाहाम्फे, विद्या भट्टराई, निरु पाल,आशा विक, जुली कुमारी महतो, शान्ति पाख्रिन लगायत पुगेका थिए । त्यस्तै महिला आयोगकी अध्यक्ष कमला पराजुली पनि दर खान गएकी थिइन् । अध्यक्ष ओली निवासमा महिला कार्यकर्तालाई तीजको दर खुवाउने कार्यक्रम साँझसम्म चलेको बताइएको छ ।

नेकपा एमालेका सांसद तथा महिला कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले दर खुवाएर तीजको शुभकामना दिएका छन् । संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी, निरु पालसहितका सांसदहरु र महिला नेताहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close