कानुन निर्माण गरेर गाँ’जा खेती गर्न दिने तयारीमा सरकार


काठमाडौं, २६ फागुन । संसदमा गाँ’जा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको वि’धेयक दर्ता भएसँगै सरकार त्यसलाई वै’धता दिने तयारीमा लागेको छ। निश्चित स्थान र प्रयोजनका लागि अनुगमनसहित कानुन निर्माण गरेर गाँ’जा खेती गर्न दिन सरकार स’कारात्मक रहेको बताइएको छ। अमेरिकी मोडलमा गाँ’जा खेती गर्न दिने तयारी सरकारको छ। युनाइटेड नेसनल अफिस अन ड्र’ग एन्ड क्रा’इम (यु’एनओडिसी) ले गाँ’जा खेती प्र’तिबन्ध खुला गर्ने कि नगर्ने भन्ने विषयमा नेपालको धारणा मागेपछि निश्चित स्थान र प्रयोजनका लागि गाँ’जा खुला गर्ने प’क्षमा सरकार रहेको जानकारी गराइएको छ।

फागुन १५ गते गृह मन्त्रालयमा गाँ’जा खेतीलाई वै’धता दिने कि नदिने भन्ने विषयमा छ’लफल भएको थियो। छलफलमा नेपाल औ’षधि व्यवस्था लि’मिटेडका प्रतिनिधि, सिंहदरबार वै’द्यखानाका प्रतिनिधि, औ’षधि व्यवसायी संघका प्रतिनिधि, नेपाल प्रहरी, अर्थ मन्त्रालयका प्रतिनिधिले गाँ’जालाई निश्चित स्थान र प्र’योजन तो’केर खेती गर्न खुला गर्नुपर्ने सु’झाव दिएका थिए। सोही सु’झावअनुसार गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले यु’एनओडिसीअन्तर्गत ना’र्कोटिक ड्र’ग्सको अ’स्ट्रियाको भि’यनामा भएको स’म्मेलनमा भाग लिई गाँ’जा खेती खुला गर्ने प’क्षमा ससरका रहेको बताएका थिए। यो खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published.

Back to top button