B.B.S,B.Ed र B.Sc चौथों वर्षको परीक्षा तालिका सार्वजनिक


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः दिवा १ः०० बजेदेखि ४ः०० बजेसम्म

यसै कार्यक्रमानुसार ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुटेकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरुलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७६ चैत १८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७६ चैत १९ गते भित्र आवश्यक प्रक्रिया पुरागरि परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरीएको छ ।

मेरोस्टडीबाट साभार

Leave a Reply

Your email address will not be published.

Back to top button